रामशरणले भने हावादारी कुरा गरेर समृद्धि भेटिँदैन, कुखुराको अण्डामा कर लगाउँदा सरकार के हेरेर बसेको



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले लगानीका लागि सरकारले निजी क्षेत्रलाई आकर्षित गर्नुपर्नेमा उल्टै निरत्साहित गरेको आरोप लगाएका छन् । उनले सरकारले हावादारी कुरा गरेकाले समृद्धिको सपना पूरा नहुने ठोकुवासमेत गर्न भ्याए ।

 

‘सरकारले आर्थिक समृद्धिको सपना त देखायो तर त्यसका लागि आवश्यक वातावरण बनाउन सकेन’, नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार आयोजना गरेको समसामयिक अर्थ राजनीतिको समीक्षा विषयक कार्यक्रममा उनले प्रतिप्रश्न गरे, ‘केन्द्र, प्रदेश, स्थानीय सरकारले मनपरी करको दायरा बढाएका छ्न । कर बढापछि निजी क्षेत्रको कसरी आकर्षक बढ्छ ?’

 

निजी क्षेत्रलाई निरुत्साहित गरेर समृद्धि हासिल हुन नसक्ने भन्दै उनले विश्वासमा लिन आग्रह गरे । तीन तहका सरकारबीचको समन्वय अभावले कन्फ्युजन भएकाले समृद्धिको यात्रा ट्रयाकमा नगएको उनको भनाइ छ ।

 

अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्पले कर घटाएर धमाधम पुँजी भित्र्याइरहेको प्रसंग जोड्दै महतले त्यसबाट सिक्न सरकारलाई सुझाए ।

 

सरकार कर्मचारीतन्त्रमा राजनीतिकरण गर्दै सरुवा, बढुवामा केन्द्रित भएको आरोप पनि महतले लगाए ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...