बनेपामा विद्यालय पुनःनिर्माण सुस्त



हाम्रो इकोनोमि

 

काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पले क्षति पु¥याएको विद्यालयको पुनःनिर्माण सुस्त भएको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि पुनःनिर्माणका काम आधा जति मात्रै सकिएको छ ।

विसं ०७२ को भूकम्पले जिल्लामा क्षति भएका विद्यालय भवन र कक्षा कोठामध्ये आर्थिक वर्ष ०७३÷७४ सम्ममा सम्पन्न गर्नुपर्ने २९४ विद्यालयको एक हजार ६१९ कक्षा कोठामध्ये ९६ विद्यालयको ४०९ कक्षा कोठा मात्र निर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाइका शाखा अधिकृत कोपिला ज्ञवालीले बताउनुभयो ।

उहाँका अनुसार प्राधिकरणले ४५ विद्यालयको १५०, शिक्षा विकास तथा समन्वय इकाइले आठ विद्यालयको १८, अन्तर्राष्ट्रिय तथा गैरसकारी संस्थाले ३५ विद्यालयका १७५ र एशियाली विकास बैंक (एडिबी)ले आठ विद्यालयका ६८ कक्षा कोठा निर्माण गरिसकेको छ ।

जिल्लाको भौगोलिक विकटताका कारण समयमा नै निर्माण सामग्री अभाव, ढुवानी गर्न कठिन, दक्ष जनशक्ति अभावजस्ता कारणले पुनः निर्माणको काममा ढिलाइ भएको उहाँले बताउनुभयो ।

सोही इकाइका इन्जिनियर श्रेया झाले २० विद्यालयको भवन निर्माणाधीन अवस्थामा रहेको र १० विद्यालयको भवन निर्माणका लागि टेण्डर भइसकेको बताउनुभयो ।

पुनःनिर्माण प्राधिकरण, शिक्षा विकास तथा समन्वय इकाइ, एशियाली विकास बैंक र गैरसरकारी संस्थाले गरी हालसम्ममा ३४४ विद्यालयका दुई हजार ४१९ मात्रै कक्षा कोठाको निर्माण गरेका छन् ।

भूकम्पका कारण जिल्लाका पाँच हजार २१० कक्षा कोठामध्ये ९५४ पूर्णरूपमा क्षति हुनाका साथै अधिकांश क्षतिको सङ्ख्या ९१४, सामान्य क्षतिको सङ्ख्या एक हजार ४८३ र क्षति नभएको कक्षा कोठा एक हजार ८५९ छन् ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...