बलात्कारको उजूरी समयमा दर्ता नगर्दा पीडित महिला झनै पिडामा



हाम्रो इकोनोमि

 

काभ्रेपलाञ्चोक जिल्लाकी १३ वर्षीय युजिना तामाङ (नाम परिवर्तित) आफू यौन बलात्कृत भएको भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी दर्ता गर्न आइपुगिन् ।

 

गत बैसाख महिनामा आफ्नो गाउँभन्दा पल्लो गाउँको कान्छा भन्ने बिरबहादुर तामाङले दिदीको घरमा लगी १५ दिनसम्म बन्दी बनाएर आफूमाथि यौन शोषण गरेको बयान उनले दिइन् ।

 

‘तँलाई बिहे गर्छु भन्दै मलाई लगेको थियो, पछि लगेर ममाथि जबर्जस्ती ग¥यो ।’ पीडितले आफ्नो बेदना व्यक्त गरिन् ।

 

नेपालको कानूनले भने १५ वर्ष मुनिका बालबालिकालाई उनीहरुको मन्जुरीमा नै शारीरिक सम्बन्ध भएको भए पनि त्यसलाई बलात्कारको रुपमा लिने गरेको छ ।

 

पटक पटकको शोषणपछि पीडित बालिका भागेर घर फर्किएकी थिइन् । पीडक तामाङले त्यो घटनालाई लिएर प्रहरीकहाँ उजुरी गर्न पुगे ज्यान मार्ने धम्की समेत दिएपछि आफूहरु उजूरी हाल्न नआएको पीडक बालिकाका पिता आशाराम तामाङ ९नाम परिवर्तन० ले बताए ।

 

काठमाडौँमा बस्दै आएका गाउँकै कान्छाबहादुर तामाङले यो घटनालाई प्रहरीसमक्ष गएर पीडकलाई कारबाही गराउनुपर्ने बताएपछि आफूहरु प्रहरीसमक्ष आइपुगेको जानकारी दिए ।

 

तामाङ समुदाय र अशिक्षित नै बढी पीडित

 

जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्यांक अनुसार बढी यौन हिंसामा तामाङ समुदाय जसमा पनि अशिक्षित वर्गका महिला नै पर्ने गरेको पाइएको छ ।

 

जिल्ला प्रहरी कार्यालयको आर्थिक वर्ष २०७४÷०७५ को तथ्यांक अनुसार जबर्जस्ती करणीका उजुरी जम्मा २५ जनाको परेको छ ।

 

जिल्लामा सबैभन्दा बढी तामाङ समुदायको नै बाहुल्यता रहेको छ । तामाङ समुदायका मानिसमा चेतनाको स्तर कम हुने भएकाले बढी महिलाहरु पीडित हुने गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता प्रहरी नायव निरीक्षक महेन्द्रप्रसाद मरासीनिले जानकारी दिए ।

 

‘पीडितले समयमा उजुरी नगर्दा प्रमाण पुग्न गाह्रो हुने भएकाले कहिलेकाहीँ पीडक पक्षमा नै फैसला हुने गरेको छ,’ उनले भने ।

 

कतिपय उजुरीहरु प्रहरी कार्यालयमा आए पनि पछि गाउँमा नै गएर मिलाउने गरेको उनले बताए । ‘त्यसरी गाउँमै सहमति गर्दा पीडितले न्याय पाउने गरेका छैनन् ।’ उनले भने ।

 

सहमतिमा भए पनि करणीका मुद्धा

 

कतिपय मुद्धामा सहमतिका आधारमा सम्बन्ध भए पनि करणी भनी मुद्धा पर्ने गरेको प्रवक्ता मरासीनिले बताए ।

 

सुरुमा सहमतिमा भएको भए पनि पछि कुरा नमिलेपछि महिलाहरुले करणीको मुद्धा दर्ता गर्ने गरेको उनले जानकारी दिए ।

 

भदौबाट लागू हुने नयाँ विधयेकमा त्यस्ता महिलालाई पनि कारबाही गरिने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...