नेपाली युवालाई युरोपमा काम लागाईदिने भन्दै ठगी गर्ने पक्राउ



हाम्रो इकोनोमि

 

वैदेशिक रोजगरीका प्रलोभन देखाउँदै विदेशीहरुले पनि नेपाल आएरै ठगी गर्न थालेको तथ्य फेला परेको छ । नेपाली युवालाई यूरोपमा जागिर लगाइदिने भन्दै अवैध रुपमा रकम असुल्ने दुई विदेशी नागरिक बुधबार काठमाडौंबाट पक्राउ परेका छन् ।

 

पोल्याण्ड पठाउने भन्दै नेपाली युवाहरुलाई ठगी गर्ने २ युक्रेनी नागरिक पक्राउ परेका हुन् । पर्यटक भिसामा नेपाल आएका विल्ली भिटाली र उनका महिला सहयोगी नाटालियाले पोल्याण्ड कामदार भिसामा पठाउने भन्दै ठगी गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

 

उनीहरुको विषयमा श्रम मन्त्रालयमै सूचना आएपछि वैदेशिक रोजगार विभाग र अपराध अनुसन्धान महाशाखाले छापा मारेको थियो । पुतलीसडक स्थित शंकरदेव क्याम्पस अघि अफिस नै खोली उनीहरुले ठगी धन्दा चलाइरहेका थिए ।

 

‘पिपल फर वर्क’ नामको कम्पनी नै दर्ता गरि काम गरिरहेको पाइएको विभाग स्रोतले जनाएको छ । उनीहरुले फेसवुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा आफ्नो प्रचार गर्ने गरेका थिए ।

 

सम्पर्कमा आउने व्यक्तिलाई पोल्याण्डको कामदार भिसा उपलब्ध गराउने भन्दै सुरुमै २ लाख माग्ने गरेका थिए । उनीहरुले अन्तिम अन्तर्वार्ताका लागि भारत जानुपर्ने र समग्रमा ७ लाखसम्म खर्च लाग्ने बताउने गरेको पीडितहरुले बताए ।

 

उनीहरुले कम्पनी रजिष्टारमा दर्ता गर्दा सफ्टवेयर तथा सुचना प्रविधीमा काम गर्ने उद्देश्य राखेको भेटिएको छ । उनीहरु पक्राउ परेसँगै अफिसमा उपलब्ध सबै सामान प्रहरीले जफत गरी थप अनुसन्धान सुरु गरेकोे छ ।

 

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...