भन्सार कार्यालयका नायब सुब्बा १० हजार घुससहित रंगेहात पक्राउ



हाम्रो इकोनोमि

 

कञ्चनपुर गड्डाचौकी भन्सार कार्यालयका नायव सुब्बा रामप्रसाद भट्टराई घुसको रकमसहित पक्राउ परेका छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई कार्यालयमै सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा मंगलबार रंगेहात पक्राउ गरेको हो ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रेम सागर केसीले भट्टराईले सेवाग्राहीबाट नगद १० हजार घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेको बताए ।

 

केसीका अनुसार गड्डाचौकी भन्सार कार्यालयबाट आयातीत सामान भन्सार नकाटेरै छोड्नको लागि भट्टराईले सेवाग्राहीबाट नगद १० हजार रुपैयाँ माग गरेका थिए।

 

घुसको रकमसहित पक्राउ परेका भट्टराईलाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं पठाइने तयारी भइरहेको केसीले बताए ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...