६० वर्षीया महिलालाई बोक्सी भन्दै दुर्व्यबहार गर्ने दुई किशोरी पक्राउ



हाम्रो इकोनोमि

६० वर्षीया एक जेष्ठ नागरिकलाई बोक्सी भन्दै दुर्व्यबहार गर्ने नवलपुरका दुईजना किशोरी पक्राउ परेका छन् ।

 

पाल्पाको निस्दी गाउँपालिकाकी ६० वर्षीया महिलालाई बोक्सीको आरोप लगाउँदै दुर्व्यबहार गरेको भन्दै पाल्पा प्रहरीले नवलपुरको बिनयत्रिबेणी गाउँपालिका(३ धारादीकी १६ वर्षीया तमसरी सिंजाली र मध्यबिन्दु नगरपालिका(१४ की १८ वर्षीया गीता कामुलाई पक्राउ गरेको हो ।

 

यही साउन १२ गते दिउँसो किशोरीहरुले ती महिलालाई बोक्सी भन्दै गाउँलेकै अगाडि सार्वजनिक रुपमा गालीगलोज गरेका थिए ।

 

जेष्ठ नागरिकलाई गालीगलोज र दुब्र्यवहार गरेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएपछि घटनामा संलग्न भएका सिंजाली र कामुलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...