तोकिएको धरौटी तिर्न नसक्दा सीमान्त गुरुङ जेल चलान



हाम्रो इकोनोमि

धरौटी बुझाउन नसक्दा ओडिसी इन्टरटेनमेन्टका सञ्चालक सीमान्त गुरुङ जेल चलान भएका छन्। बलिउड स्टार सलमान खानलाई नेपाल ल्याउने भन्दै गठी गरेको आरोपमा गुरुङ असार २९ गते पक्राउ परेका थिए।

 

ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले गुरुङलाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएलत्तगै उनलाई महानगरीय प्रहरी परिसरको टोलीले बैंकिङ कसुरमा अदालत परिसरबाटै पक्राउ गरेको थियो।

 

१५ लाख रुपैयाँ धरौटी बुझाउ गएका गुरुङको चेक बाउन्स भएको उजुरी परेपछि उनी फेरि पक्राउ परेका थिए।

 

गुरुङले बैंकिङ कसुर र ठगी मुद्दा गरी ६० लाख धरौटी बुझाउन नसकेपछि जेल पठाएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी मोहनकुमार थापाले जानकारी दिए।

 

२०७४ फागुन २६ गते राजधानीको टुँडिखेलमा गर्ने भनिएको सलमान खान र अन्य बलिउडस्टारसहितको दब्याङ्ग टुर नेपाल’ स्थगित भएको थियो । त्यसपछि त्यो कार्यक्रम जेठका लागि सारिएको थियो । तर जेठमा पनि सलमान नेपाल आउन सकेनन् ।

 

सलमान आउने भनिएको कार्यक्रमका लागि सीमान्तले न्यूनतम् तीन हजारदेखि २० हजार रुपैयाँसम्मका टिक बेचेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...