तोकिएको धरौटी तिर्न नसक्दा सीमान्त गुरुङ जेल चलान



धरौटी बुझाउन नसक्दा ओडिसी इन्टरटेनमेन्टका सञ्चालक सीमान्त गुरुङ जेल चलान भएका छन्। बलिउड स्टार सलमान खानलाई नेपाल ल्याउने भन्दै गठी गरेको आरोपमा गुरुङ असार २९ गते पक्राउ परेका थिए।

 

ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले गुरुङलाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएलत्तगै उनलाई महानगरीय प्रहरी परिसरको टोलीले बैंकिङ कसुरमा अदालत परिसरबाटै पक्राउ गरेको थियो।

 

१५ लाख रुपैयाँ धरौटी बुझाउ गएका गुरुङको चेक बाउन्स भएको उजुरी परेपछि उनी फेरि पक्राउ परेका थिए।

 

गुरुङले बैंकिङ कसुर र ठगी मुद्दा गरी ६० लाख धरौटी बुझाउन नसकेपछि जेल पठाएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी मोहनकुमार थापाले जानकारी दिए।

 

२०७४ फागुन २६ गते राजधानीको टुँडिखेलमा गर्ने भनिएको सलमान खान र अन्य बलिउडस्टारसहितको दब्याङ्ग टुर नेपाल’ स्थगित भएको थियो । त्यसपछि त्यो कार्यक्रम जेठका लागि सारिएको थियो । तर जेठमा पनि सलमान नेपाल आउन सकेनन् ।

 

सलमान आउने भनिएको कार्यक्रमका लागि सीमान्तले न्यूनतम् तीन हजारदेखि २० हजार रुपैयाँसम्मका टिक बेचेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको