काठमाडौमा ट्याक्सी चालकले यसरी ठग्छन् यात्रु



 

पछिल्लो १६ महिनामा काठमाडौं उपत्यकामा यात्रु ठग्ने करिब ८ हजार ट्याक्सी चालक कारबाहीमा परेका छन्।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार २०७४ वैशाख यता ७ हजार ९ सय ७३ ट्याक्सी चालक विभिन्न कसुरमा कारबाहीमा परेका हुन्। उनीहरूमध्ये धेरै तोकिएको स्थानमा नजाने र मिटरमा जान नमान्नेहरू रहेको महाशाखाले जनाएको छ।

 

महाशाखाका अनुसार उपत्यकामा करिब १० हजार ट्याक्सी छन्। ती सबैमा मिटर जडान गरिएको छ, तर पनि चालक मिटरमा जान मान्दैनन्। तथ्यांकअनुसार दैनिक १० देखि १५ ओटा ट्याक्सीले नागरिकलाई ठगी गर्ने गरेको खुलेको छ।

 

उपत्यकामा दर्ता १० हजार ट्याक्सीमध्ये ८ हजारबाट नागरिक ठगिएपछि ट्राफिक प्रहरीले ट्याक्सी ठगीमा विषेश चासो देखाएको छ। कारबाहीमा परेका अधिकांश चालक ट्राफिक प्रहरीको अप्रेशनमा परेका हुन्।

 

‘उपत्यकामा हामीले दैनिक सादा पोशाकका ट्राफिक परिचालन गरेका हुन्छौं,’ महाशाखा प्रमुख एसएसपी बसन्त पन्तले सेतोपाटीसँग भने, ‘नागरिकको भेषमा हरेका प्रहरीलाई चालकले चिन्दैनन् र बार्गेनिङ गर्छन्। त्यस्ता चालकलाई सिधै महाशाखा पुर्‍याउने गरेका छौं।’

 

पन्तका अनुसार चालकले यात्रु ठगे पनि उसको चालक ट्राफिकले लिने नगरेकाले उनीहरूले निस्फिक्री ठगिरहेको बताए।

 

गल्ती गरेपछि ट्राफिकले कारबाही गर्न खोज्दा चालकहरू लाइसेन्स दिँदैनन्, त्यसको साटो सवारी दर्ता किताब दिन्छन्। किताब नै ट्राफिकमा भएपछि उनका मालिक गएर निकाल्छन्।

 

‘चालकको चलाखीलाई हामीले देख्यौं,’ एसएसपी पन्तले भने, ‘चालकलाई ठिक ठाउँमा ल्याउन अब सवारी दर्ता किताब होइन लाइसेन्सनै लिन थालेका छौं।’

 

चालकले ५ पटकभन्दा बढी कारबाहीमा परेको देखिए एक घण्टाको चेतना कक्षासमेत लिने व्यवस्था महाशाखाले गरेको छ। मादक पदार्थ सेवन गरेर सवारी चलाउने र लेन अनुशासन मिच्नेलाई यस्तो कक्षा दिने गरिएको छ।

 

यसअघि मिटरमा जान नमान्ने र भनेको स्थानमा जान नमान्ने चालकलाई जरीवाना तिरेपछि छोडिन्थ्यो। एसएसपी पन्तका अनुसार यात्रुले आफू ठगिदा पनि ट्राफिकलाई खबर नगर्ने भएकाले ठगहरूको मनोबल बढ्ने गरेको बताए।

 

‘आपत परेका बेला र हतारमा ट्याक्सी चढ्ने हो तर त्यही मौकाको फाइदा चालकले उठाउने गर्छन्। कुनै ट्याक्सी चालकले तोकेको ठाँउमा जान मानेन, मिटरमा गएन भने बाटोभरि ट्राफिक हुन्छन् हामीलाई भन्नुस् भन्दै आएका छौं, तर ठगिनेहरू उजुरी गर्दैनन् अनि ठग्ने चालकको मनोबल झनै बढ्छ,’ उनले भने।

 

पन्तले ठगी गर्ने चालकलाई प्रहरीको अप्रेशनले मात्र रोक्न नसक्ने बताए।

 

‘नागरिक सचेत नभएसम्म यो रोक्न सम्भव छैन, प्रत्येक ट्याक्सीभित्र नम्बर राखिएको छ, ठगिएकाहरूले सिधै १०३ मा खबर गर्दा हुन्छ, हामी त्यस्ता चालकलाई तत्काल कारबाही गर्छौं उजरी नआउने होइन तर ठगीएकाहरू सबैजनाले त्यसो गर्दैनन्,’ एसएसपी पन्तले भने।

 

उनले चालकले कुनै बदमासी गरे पैसा पनि नलाग्ने नम्बर पनि व्यस्त नहुने १०३ मा डायल गर्न आग्रह गरे।

 

प्रतिक्रिया दिनुहोस
टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको