काठमाडौमा ट्याक्सी चालकले यसरी ठग्छन् यात्रु



हाम्रो इकोनोमि

 

पछिल्लो १६ महिनामा काठमाडौं उपत्यकामा यात्रु ठग्ने करिब ८ हजार ट्याक्सी चालक कारबाहीमा परेका छन्।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार २०७४ वैशाख यता ७ हजार ९ सय ७३ ट्याक्सी चालक विभिन्न कसुरमा कारबाहीमा परेका हुन्। उनीहरूमध्ये धेरै तोकिएको स्थानमा नजाने र मिटरमा जान नमान्नेहरू रहेको महाशाखाले जनाएको छ।

 

महाशाखाका अनुसार उपत्यकामा करिब १० हजार ट्याक्सी छन्। ती सबैमा मिटर जडान गरिएको छ, तर पनि चालक मिटरमा जान मान्दैनन्। तथ्यांकअनुसार दैनिक १० देखि १५ ओटा ट्याक्सीले नागरिकलाई ठगी गर्ने गरेको खुलेको छ।

 

उपत्यकामा दर्ता १० हजार ट्याक्सीमध्ये ८ हजारबाट नागरिक ठगिएपछि ट्राफिक प्रहरीले ट्याक्सी ठगीमा विषेश चासो देखाएको छ। कारबाहीमा परेका अधिकांश चालक ट्राफिक प्रहरीको अप्रेशनमा परेका हुन्।

 

‘उपत्यकामा हामीले दैनिक सादा पोशाकका ट्राफिक परिचालन गरेका हुन्छौं,’ महाशाखा प्रमुख एसएसपी बसन्त पन्तले सेतोपाटीसँग भने, ‘नागरिकको भेषमा हरेका प्रहरीलाई चालकले चिन्दैनन् र बार्गेनिङ गर्छन्। त्यस्ता चालकलाई सिधै महाशाखा पुर्‍याउने गरेका छौं।’

 

पन्तका अनुसार चालकले यात्रु ठगे पनि उसको चालक ट्राफिकले लिने नगरेकाले उनीहरूले निस्फिक्री ठगिरहेको बताए।

 

गल्ती गरेपछि ट्राफिकले कारबाही गर्न खोज्दा चालकहरू लाइसेन्स दिँदैनन्, त्यसको साटो सवारी दर्ता किताब दिन्छन्। किताब नै ट्राफिकमा भएपछि उनका मालिक गएर निकाल्छन्।

 

‘चालकको चलाखीलाई हामीले देख्यौं,’ एसएसपी पन्तले भने, ‘चालकलाई ठिक ठाउँमा ल्याउन अब सवारी दर्ता किताब होइन लाइसेन्सनै लिन थालेका छौं।’

 

चालकले ५ पटकभन्दा बढी कारबाहीमा परेको देखिए एक घण्टाको चेतना कक्षासमेत लिने व्यवस्था महाशाखाले गरेको छ। मादक पदार्थ सेवन गरेर सवारी चलाउने र लेन अनुशासन मिच्नेलाई यस्तो कक्षा दिने गरिएको छ।

 

यसअघि मिटरमा जान नमान्ने र भनेको स्थानमा जान नमान्ने चालकलाई जरीवाना तिरेपछि छोडिन्थ्यो। एसएसपी पन्तका अनुसार यात्रुले आफू ठगिदा पनि ट्राफिकलाई खबर नगर्ने भएकाले ठगहरूको मनोबल बढ्ने गरेको बताए।

 

‘आपत परेका बेला र हतारमा ट्याक्सी चढ्ने हो तर त्यही मौकाको फाइदा चालकले उठाउने गर्छन्। कुनै ट्याक्सी चालकले तोकेको ठाँउमा जान मानेन, मिटरमा गएन भने बाटोभरि ट्राफिक हुन्छन् हामीलाई भन्नुस् भन्दै आएका छौं, तर ठगिनेहरू उजुरी गर्दैनन् अनि ठग्ने चालकको मनोबल झनै बढ्छ,’ उनले भने।

 

पन्तले ठगी गर्ने चालकलाई प्रहरीको अप्रेशनले मात्र रोक्न नसक्ने बताए।

 

‘नागरिक सचेत नभएसम्म यो रोक्न सम्भव छैन, प्रत्येक ट्याक्सीभित्र नम्बर राखिएको छ, ठगिएकाहरूले सिधै १०३ मा खबर गर्दा हुन्छ, हामी त्यस्ता चालकलाई तत्काल कारबाही गर्छौं उजरी नआउने होइन तर ठगीएकाहरू सबैजनाले त्यसो गर्दैनन्,’ एसएसपी पन्तले भने।

 

उनले चालकले कुनै बदमासी गरे पैसा पनि नलाग्ने नम्बर पनि व्यस्त नहुने १०३ मा डायल गर्न आग्रह गरे।

 

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...