अरुण नदीले पार गर्यो खतराको तह, ६० हजार परिवार धरापमा, सचेत रहन आग्रह



हाम्रो इकोनोमि

 

 

आइतबारदेखि काठमाडौँ उपत्यका लगायत अन्य जिल्लामा निरन्तर वर्षा भइरहको छ । वर्षाका कारण खोला नदीमा आएको बाढी घरमा पसि जनजीवन नै अस्तव्यस्त पारेको छ त कतै पहिरो निम्त्याएको छ । कतिको ज्यान समेत लिएको छ ।

 

अविरल वर्षाका कारण अरुण नदीले खतराको तह पार गरेको छ ।

 

पूर्वी क्षेत्रमा बग्ने अरुण नदीले खतराको तह पार गरेपछि बाढी पूर्वानुमान शाखाले त्यस आसपासका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

 

अरुण नदिमा पानीको सतह ११ मिटर पुगेपछि खतराको संकेत दिने गरिएको बताइएको छ । त्यस क्षेत्रमा करिब ६० हजार बासिन्दा रहेका छन् ।

 

बाढीको बहावले खतराको तह पार गरेको जनाउँदै शाखाले एसएमएमार्फत् नदी आसपासका बासिन्दालाई सर्तक रहन आग्रह गरेको हो ।

 

त्यस्तै काठमाडौँ उपत्यकाका केही ठाउँ तथा देशका अरु केही ठाउँमा बिहान घाम लागेजस्तो भएपनि दिनभरको मौसम प्रायः बदलीको अवस्थामा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

बदली भए पनि पानी पर्ने सम्भावना भने केही ठाउँमा मात्रै छ ।

 

देशका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविदको भनाई छ । तर राति भने मध्य र पश्चिमका एक–दुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ । बिहीबारदेखि भने मौसममा केही सुधार हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले ११ औँ महाधिवेशन निर्वाचनको मतगणना शुरु

    नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदानपछि मतगणना शुरु हुँदैछ...

अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...