कच्ची सडकबाट पल्टियो बस, ४७ यात्रु घाइते



 

कोचाकोच यात्रु बोकेर नुवाकोटको वुङताङबाट त्रिशूली हुँदै काठमाडाँै जाँदै गरेको बस ढुंगेचौतारामा बुधबार दुर्घटनाग्रस्त हुँदा ४७ जना यात्रु घाइते भएका छन् ।

 

घाइतेमध्ये सातजनाको अवस्था गम्भीर छ । घाइतेहरुमा अधिकांश महिला तथा बालबालिका रहेका छन् । विदुर नगरपालिका–९ ढुंगेचौतारा लामाटारमा बुङताङबाट काठमाडौं जाँदै गरेको बा२ख २८०४ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो ।

 

मिनिट्रकलाई साइड दिने क्रममा सडक भासिएर ५० मिटर तल खस्दा बसमा यात्रारत ४७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

 

दुर्घटनामा परेर गम्भीर सात जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । पाँचवटा एम्बुलेन्समा सातजना गम्भीर बिरामीलाई काठमाडौ पठाइएको हो ।

 

अन्य ४० जना घाइतेहरुको त्रिशूली अस्पतालमा उपचार भइरहेको नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । दुर्घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

 

बस दुर्घटनामा चालक नुवाकोट साल्मेका २९ वर्षीय ज्ञानबहादुर तामाङसहित बसका सबै घाइते भएका हुन् । दुर्घटनामा वीरवहादुर विक, पूर्ण लामा, होमबहादुर लामा, प्रेमसिंह लामा, छिरिङ तामाङ, विभामाया घले, घिसिङ तामाङलाई थप उपचारका लागि काठमाडौ पठाइएको कुवँरले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको