कच्ची सडकबाट पल्टियो बस, ४७ यात्रु घाइते



हाम्रो इकोनोमि

 

कोचाकोच यात्रु बोकेर नुवाकोटको वुङताङबाट त्रिशूली हुँदै काठमाडाँै जाँदै गरेको बस ढुंगेचौतारामा बुधबार दुर्घटनाग्रस्त हुँदा ४७ जना यात्रु घाइते भएका छन् ।

 

घाइतेमध्ये सातजनाको अवस्था गम्भीर छ । घाइतेहरुमा अधिकांश महिला तथा बालबालिका रहेका छन् । विदुर नगरपालिका–९ ढुंगेचौतारा लामाटारमा बुङताङबाट काठमाडौं जाँदै गरेको बा२ख २८०४ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो ।

 

मिनिट्रकलाई साइड दिने क्रममा सडक भासिएर ५० मिटर तल खस्दा बसमा यात्रारत ४७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

 

दुर्घटनामा परेर गम्भीर सात जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । पाँचवटा एम्बुलेन्समा सातजना गम्भीर बिरामीलाई काठमाडौ पठाइएको हो ।

 

अन्य ४० जना घाइतेहरुको त्रिशूली अस्पतालमा उपचार भइरहेको नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । दुर्घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

 

बस दुर्घटनामा चालक नुवाकोट साल्मेका २९ वर्षीय ज्ञानबहादुर तामाङसहित बसका सबै घाइते भएका हुन् । दुर्घटनामा वीरवहादुर विक, पूर्ण लामा, होमबहादुर लामा, प्रेमसिंह लामा, छिरिङ तामाङ, विभामाया घले, घिसिङ तामाङलाई थप उपचारका लागि काठमाडौ पठाइएको कुवँरले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...