नुवाकोटको बिदुरमा बस दुर्घटना, नौ जना घाइते



हाम्रो इकोनोमि

 

नुवाकोटको बिदुर नगरपालिका (९ लामाटारमा यात्रु बाहक बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको नगर प्रहरी कार्यालय कोलनी नुवाकोटले जनाएको छ ।

 

बुधबार बिहान १० बजे ५० जना यात्रु बोकेर त्रिशुली तर्फ आउँदै गरेको पासाङ लामु यातयातको बा।२ ख।२८०४ नं।को यात्रुबहाक बस सडक देखि ४० मिटर तल खसेको हो । उक्त स्थानमा नगर प्रहरी कार्यालय कोलनीबाट ४ जना र जिल्ला प्रहरी कार्यालयबाट १० जनाको टोली उद्धारका लागि खटाइएको थियो । घाइतेहरुको त्रिशुली हस्पिटलमा उपचार भइरहेको छ ।

 

घाइते हुनेहरुमा नुवाकोट देउराली बस्ने वर्ष ६० वर्षीय प्रेम सिङ तामाङ , सोही स्थानका ५९ वर्षीय ज्ञानबहादुर तामाङ, ६१ वर्षीय चोकनी तामाङ, २८ वर्षीय टिकामाया तामाङ, ३ वर्षीय ईसाइन तामाङ, २८ वर्षीय रिजम तामाङ, ५८ वर्षीय होमबहादुर तामाङ, २१ वर्षीया रिता तामाङ र ६० वर्षीय लेसांङ तामाङ रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...