अबदेखी ज्युँदैमा दाहसंस्कार गर्ने ब्यवस्था, विवाहपछि श्रीमतीको थर राख्न पाउने



हाम्रो इकोनोमि

 

मानिसको मृत्युपछि कसरी दाहसंस्कार गर्ने भन्नेबारेमा आफैँले निर्णय गर्ने गरी कानुन बनाइएको छ । यही भदौदेखि लागू हुने मुलुकी देवानीसंहिता २०७४ मा आफ्नो दाहसंस्कार, काजकिरिया वा सद्गद्को विधि निर्धारण गर्न सक्ने उल्लेख गरिएको छ । उक्त कानुनअनुसार, व्यक्तिले आफू जीवित छँदै आफ्नो मृत्युपछि दाहसंस्कार कसरी गर्ने भन्नेबारेमा तय गर्न सक्नेछ ।

 

यसरी जिउँदै हुँदा गरिएको योजनाअनुरूप हकवालाले दाहसंस्कार र काजकिरिया गर्नुपर्नेछ । आफ्नो दाहसंस्कारको योजनाबिना नै कसैको मृत्यु भएमा परम्पराअनुरूपको दाहसंस्कार गर्नुपर्ने व्यवस्था नयाँ कानुनमा गरिएको छ ।

 

कुनै व्यक्ति बिनासूचना लगातार १२ वर्षदेखि बेपत्ता भएमा वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वाभाविक रूपमा जानकारी पाउनुपर्ने व्यक्तिले १२ वर्षसम्म जानकारी नपाएमा त्यस्तो व्यक्तिको मृत्यु भएको मानिने कानुनमा उल्लेख छ । मृत घोषणा गरिएको व्यक्ति जीवित फर्किएमा मृत्यु बदर हुने भनिएको छ । यदि त्यस्ता व्यक्तिका पत्नीले विवाह गरिसकेको भए त्यस्तो विवाह बदर नहुने स्पष्ट उल्लेख भए पनि पतिले विवाह गरिसकेपछि पत्नी फर्किए के हुने भन्ने उल्लेख छैन ।

 

विवाहमा अन्योल
विवाहसम्बन्धी कानुनमा बहुविवाह गर्न नपाइने र बहुविवाह स्वतः रद्द हुने कुरा स्पष्ट उल्लेख गरिएको छ । तर, कुनै महिला र पुरुषबीच शारीरिक सम्पर्क भएर बच्चा जन्मिएमा स्वतः विवाह भएको मानिनेछ भनिएको छ । यदि विवाहितहरूबीचको सम्पर्कबाट बच्चा जन्मियो भने के हुन्छ भनी उल्लेख छैन ।

 

कानुनमा बलात्कार र हाडनाता करणीका कारणबाट जन्मिएका बच्चाको सवालमा स्वतः विवाह भएको मानिनेछैन भनिएको छ । यीबाहेक अन्यबीचको सम्बन्धबाट सन्तान जन्मिएमा स्वतः विवाह भएको मानिनेछ भनिएको छ । यो कानुनलाई जस्ताको तस्तै मान्ने हो भने पहिला बच्चा जन्मिएकाहरूको हकमा बहुविवाह मानिनेछैन भनेर लिनुपर्ने हुन्छ ।

 

विवाहपछि थर कसको ?
मुलुकी ऐनमा विवाहित महिलाको थर प्रयोगसम्बन्धी व्यवस्था पनि गरिएको छ । विवाहित महिलाको सवालमा माइती या श्रीमान् जसको थर राखे पनि कानुनले छुट दिएको छ । कानुनतः महिलाले दुवै थर पनि राख्न पाउनेछन् । तर, विवाहिता महिलाको थरको सम्बन्धमा कुनै प्रश्न उठेमा अन्यथा प्रमाणित भएकोमा बाहेक आफ्नो पतिको थर मान्य हुने भनिएको छ ।

 

यो व्यवस्थाले अहिले राजनीतिमा भएका महिलाहरूले माइतीको थरबाट प्राप्त गरेको आरक्षण गलत हुनेछ । भदौ महिनापछि आरक्षणमा कुनै पद लिँदा विवाहित महिलाले पतिको थरबाट लिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री विरुद्ध तरुण दलको पनि प्रदर्शन

  सदनमा प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई लिएर कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण...

विपक्षीको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित

    विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रधानमन्त्री...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

    नेकपा (एमाले) ले नेपालको सिमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्मा...

राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे भन्दै एमाले काठमाडौंको प्रदर्शन

  नेपालले थुप्रै ठाउँमा भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई...