हेटौँडाबाट काभ्रेमा सर्दै राजधानी, तीन नम्बर प्रदेशको नाम बागमती या नारायणी हुने



हाम्रो इकोनोमि

 

देशको राजधानी तथा तीन महानगरसहित अनेकौँ महत्वपूर्ण शहरहरू रहेको प्रदेश नम्बर तीनको राजधानी र नामबारे आममानिसमा चासो प्रकट हुन थालेको छ । हालसम्म प्रदेश ६ र चार नम्बरले आफ्ना नाम र राजधानी (कर्णाली र गण्डकी) तय गरिसकेका छन् भने अन्य पाँचवटा प्रदेशले यस विषयमा औपचारिक बहस–छलफलसमेत प्रारम्भ गरेका छैनन् । बाँकी पाँचवटै प्रदेशमा राजधानी र नामका विषयलाई लिएर विवाद तथा तनाव उत्पन्न हुने ठानिएको छ ।

 

हाल प्रदेश सातको राजधानी धनगढी, कर्णाली (६) को सुर्खेत, पाँचको बुटवल, गण्डकी (चार) को पोखरा, तीनको हेटौँडा, दुईको जनकपुर र एकको विराटनगर निर्धारण गरिएको छ । पोखरा र सुर्खेतले स्थायित्व पाइसकेको भए पनि अन्य प्रदेशहरूको नाम र राजधानी निश्चित हुन सकेको छैन । अहिले जहाँ अस्थायी राजधानी तोकिएको छ, धेरैले त्यही ठाउँ स्थायी राजधानी बन्ने विश्वास गरेका छन् ।

 

तर, वास्तविकता त्यसप्रकारको छैन, प्रदेश तीन र एकले राजधानीबारे यकिन गर्न सकेका छैनन् । दुई र सात नम्बर प्रदेशमा पनि स्थायी राजधानी तोकिने क्रमसँगै पुनः तनाव पैदा हुने सम्भावना छ । प्रदेश एकले मोरङको पूर्व–पश्चिम राजमार्ग आसपास या इटहरीसम्मलाई समेटेर राजधानी बनाउनेबारे विचार गरिरहेको बुझिन्छ ।

 

कदाचित विराटनगरको विकल्प खोजियो भने त्यहाँ व्यापक विरोध र असन्तुष्टि प्रकट हुने सङ्केतहरू देखिएका छन् । यसअघि राजधानीकै विषयलाई लिएर धनकुटा आन्दोलित बनेको थियो । एक नम्बर प्रदेशको नाम भने ‘कोसी’ रहन सक्ने अनुमान छ ।

 

तीन नम्बर प्रदेशको नाम बागमती या नारायणी हुने सम्भावना ज्यादा देखिएको छ । कसैले नेपाल मण्डल, कसैले पाशुपत प्रदेश, कसैले ताम्सालिङ, कसैले राजधानी प्रदेश त कसैले शैलुङ नाम सुझाएका भए पनि अन्ततः सबैलाई स्वीकार्य हुने गरी बागमती या नारायणी नदीकै नामबाट प्रदेशको नामाकरण हुने सम्भावना छ । तर, राजधनीका विषयमा भने तीन नम्बर प्रदेशमा एकपटक ठूलै तनाव पैदा हुने स्थिति छ ।

 

हेटौँडाले हेटौँडा नै स्थायी राजधानी बन्ने ठानेको भए पनि अब प्रदेश राजधानी हेटौँडाबाट सर्ने प्रायः निश्चित भएको छ । नुवाकोट र भक्तपुरलाई समेत सम्भावित राजधानीका रूपमा हेरिएको भए पनि अन्ततः काभ्रेको धुलिखेल–बनेपा क्षेत्रलाई राजधानी बनाइने भएको छ ।

 

आगामी केही साताभित्रै नाम र राजधानी तय गर्ने आन्तरिक गृहकार्य राजनीतिक वृत्तमा चलिरहेको छ । धुलिखेल–बनेपालाई स्थायी राजधानी तोकिएको अवस्थामा हेटौँडाले कस्तो प्रतिक्रिया जनाउने हो, निर्णयकर्ताहरूका निम्ति चासो र चिन्ताको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...