मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष गम्भीर घाइते



हाम्रो इकोनोमि

 

मोटरसाइकल दुर्घटना हुँदा थुलुङदुधकोशी गाउँपालिका ८ का वडाध्यक्ष अनुप्रशान्त राई घाइते भएका छन्।

वडा कार्यालयनजिकै बुडिडाँडाभन्दा तलको भीरमा मोटरसाइकल दुर्घटना हुँदा अध्यक्ष राई गम्भीर घाइते भएको ट्राफिक प्रहरी पोष्ट सोलुखुम्बुले जनाएको छ।

वडा कार्यालयबाट कार्यालयको काम गरेर घर फर्कने क्रममा मंगलबार दिउँसो १स्३० बजेतिर मुल्ठा नजिकैको पहिरोबाट मोटरसाइकलमा सवार अध्यक्ष राई झरेको प्रत्यक्षदर्शीले चुडामणि केसीले जानकारी दिए। उहाँसँगै सवार स्थानीय जंग राई भने सडकको अवस्था ठीक नभएपछि पैदल हिँडेका थिए।

घाइते अध्यक्षको अवस्था गम्भीर रहेको बताइएको छ। उनको स्वास्थ्य चौकी देउसामा प्राथमिक उपचारपश्चात थप उपचारको लागि एभरेष्ट हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।

उनको ग्राण्डी अस्पतालमा उपचार गरिने गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए। वडा कार्यालयकै मोटरसाइकल रहेको र वान टेष्ट भएकाले नम्बरसमेत खुल्न नसकेको ट्राफिक प्रहरी नारायण बहादुर बस्नेतले जानकारी दिए।

केही महिनाअघि अविरल वर्षातसँगै पहिरो गएपछि उक्त सडक खण्ड अहिले अवरुद्ध छ। गाउँपालिका र वडा कार्यालयको सक्रियतामा अवरुद्ध सडक खुलाउनको लागि उक्त पहिरो क्षेत्रमा काम भइरहेको छ।

सोही भिरमा एक वर्षअगाडि जीप दुर्घटना हुँदा एक जनाको घट्नास्थलमै ज्यान गएको थियो।

 

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...