प्रकाण्डलार्इ थप दश दिन थुनामा राख्न अदालत लगिदै



हाम्रो इकोनोमि

 

गैरकानूनी रुपमा ७ करोडभन्दा बढी चन्दा उठाएको भन्दै साउन २२ गते पक्राउ परेका नेपाल कम्यूनिस्ट पार्टी माओवादी विप्लव समूहका नेता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डलाई म्याद थप गर्न अदालत लगिदै छ।

 

प्रकाण्डलार्इ दश दिनको म्याद थपको माग राखेर अदालत पेस गर्न लागिएको प्रहरीले जनाएको छ।

 

सर्वोच्चले सोमबार बाटो म्याद बाहेक ४८ घन्टा भित्र उनलार्इ सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कायम मुकायम प्रधानन्यायाधीस ओम प्रकाश मिश्रको एकल इजलासले सरकारको नाममा थुनामा राख्नुको लिखित कारण सहित बाटोको म्याद बाहेक ४८ घन्टा भित्र सर्वोच्च अदालतमा पेस गर्न आदेश दिएको थियो।

 

अवैध रुपमा चन्दा उठाएको अभियोगम पक्राउ गरी गैरकानुनी रुपमा हिरासतमा राखिएको भन्दै प्रकाण्डका छोरा नरेन्द्र बहादुर सिंह विकले आइतबार बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए।

 

विप्लव समुहका प्रवक्ता समेत रहेका प्रकाण्डविरुद्ध गैरकानुनी रुपमा ७ करोड भन्दा बढि चन्दा उठाएको भन्दै गत मंगलबार दक्षिणकाली नगरपालीकाको चाल्नाखेलबाट पक्राउ गरि प्रहरी हिरासतमा राखिएको छ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...

खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको...