नागढुंगामा यस्तो बन्नेभो सुरुङमार्ग, निर्माणका लागि ग्लोबल टेण्डर



हाम्रो इकोनोमि

 

 

सिस्नेखोलादेखि सतुंगल जोड्ने सुरुङमार्ग निर्माणका लागि सडक विभागले ग्लोबल टेण्डर निकालेको छ । दातृ निकाय जाइकाको स्वीकृपिछि विभागले २ महिना समय दिएर गत शुक्रबार सूचना निकालेको हो ।

 

अबको ५ महिनाभित्रै कम्पनी छनोट भएर सम्झौता भइसक्ने सडक विभागको वैदेशिक महासाखाका प्रमुख सञ्जय श्रेष्ठ बताउँछन् । विभागले यसका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)  तयार गरिसकेको छ ।

‘हामीले सबैजसो काम सकिसक्यौं, अब जाइकाले अनुमतिसँगै टेन्डर आह्वान भइसक्यो’, श्रेष्ठले भने । सुरुङमार्गको डिजाइन जापान सरकारले तयार गरेको हो ।

 

सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०।०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । उक्त परियोजनामा १६ अर्ब लागत अनुमान गरिएको छ ।

 

सरकारले यसै आर्थिक वर्ष २०७५र०७६ को बजेटमार्फात पनि पनि यो आयोजनाको निर्माण सुरु गर्ने भनेको छ । नौबीसेदेखि थानकोटसम्मको सडक खण्ड घुमाउरो र उकालो ओरालो भएका कारण यो क्षेत्रमा ट्राफिक जाम हुने गरेको छ । यस्तो ट्राफिक जाम न्युनीकरण गर्ने भन्दै सरकारले यस्तो योजना अघि सारेको हो ।

 

श्रेष्ठका अनुसार सुरुङको लम्बाइ २।३५ किलोमिटर हुनेछ । अहिले नौबीसे देखि काठमाडौ प्रवेश गर्न तीन घन्टासम्म पनि जाममा बस्नुपर्ने बाध्यता छ । यो सुरुङमार्ग निर्माण गरेसँगै भने यो छोटिएर २० मिनेटमा झर्ने श्रेष्ठ बताउँछन् ।

 

उनका अनुसार दुवैतर्फका सडक बेला(बेलामा दुई लेनमा परिणत हुने र कुनै बेला एक लेनमा खुम्चिन्छन् । एकापट्टकिो सडक दुई लेन हुँदा अर्कोपट्टि एक लेन हुन्छ, जुन फेरबदल भइरहन्छ । १२ मिटर चौडाइको सुरुङमार्गमा दुवैतिर पैदलयात्रीका लागि १र १ मिटरको पेटी राखिने छ ।

 

सुरुङमा भेन्टिलेटर र जेट फ्यान जडान गरिनेछ । आकस्मिक समयमा उद्धारका लागि अर्को एक लेनको सहायक सुरुङ पनि बनाइनेछ ।

 

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...