गुडिरहेको यात्रु बसमा पेट्रोल बम प्रहार, एकजना घाइते



हाम्रो इकोनोमि

 

रुपन्देहीको तिलोत्तमा नगरपालिका(१५ पथ्थरडाँडा स्थित यात्रुवाहक बसमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ ।

 

पोखराबाट भैरहवा आउँदै गरेको लु १ ख ६६२१ नम्बरको यात्रुवहाक बसमा पेट्रोल बम प्रहार गरिएको प्रहरीले जनाएको छ ।

 

पेट्रोल बम प्रहार गरिएपछि बसमा सवार यात्रु रेशमबहादुर थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी कुमोद ढुंगेलले जानकारी दिए । प्रहरीले बम प्रहार गर्ने समूहको खोजीकार्य गरिरहेको जनाएको छ ।

 

विप्लव माओवादीले आह्वान गरेको बन्दका कारण रुपन्देहीको जनजिवन प्रभावित भएको छ । बन्दका कारण सिद्धार्थ राजमार्ग र हुलाकी मार्गमा सवारीसाधनका साधन चलेका छैनन् । मोटरसाइकल र साना सवारीहरु समान्य रुपमा चलेका छन् ।

 

भैरहवाबाट छुट्ने लामो र छोटो दुरीका बस भैरहवा बसपार्कमै थन्किएका छन् । शिक्षण संस्था, उद्योग, कलकारखाना, बजार, बैंक वित्तिय संस्था लगायत सबै बन्द छन् । बन्दका कारण भारतबाट आउने नेपालीहरु सीमानाका बेलहियामा अलपत्र परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...