प्रहरी मोबाइलमा व्यस्त हुँदा अपराधी भए फरार



 

जिल्ला कारागार झापाबाट आइतबार दिउँसो ३ बजे एकाएक एकजना कैदी फरार भए । कारागार प्रशासन र सुरक्षार्थ परिचालित प्रहरीबीच आवश्यक समन्वय नहुँदा कैदीले भाग्ने मौका पाएका हुन् ।

 

साविक जुरोपानी गाविस–९ हालको गौरादह नगरपालिका–८ का २५ वर्षीय उमेश माझी कारागारबाट सबैको अगाडि निस्किए । तर, उनी निस्किएर गएको दृश्य कसैले पनि देखेन । उनका अन्य गतिविधि सिसि क्यामेरामा भेटिए पनि उनी कसरी फरार भए त्यो ‘फुटेज’ भने कारागार प्रशासनसँग पनि छैन । कर्तव्य ज्यान र जबरजस्ती चोरी मुद्दामा माझीलाई अदालतले ३२ असार २०७१ मा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

 

कसरी भए फरार  ?

कारागारभित्र माझी विद्युतको टेक्निसियनको काम गर्थे । कारागारमा जम्मा ६ वटा सुरक्षा पोष्ट छन् । ती पोष्टहरुमा विद्युत मर्मतसम्भारको काम गर्नुपर्ने भन्दै माझीले दिउँसो १ः४८ मा फलामको सिँढी मगाए । कारागार बाहिरबाट उक्त सिँढी भित्र पठाइयो । सिँढीबाट कारागारको कम्पाउण्ड वालमाथि चढेर माझीले विजुलीको काम गर्न थाले ।

 

माझीले फेरि २ः५७ बजे कारागारको भित्रपटीबाट सिँढी ठड्याए । यताउता हेरे र, महिला बन्दीगृहको मूलगेट छेउको ५ नम्बर सुरक्षा पोष्ट हुँदै बाहिर ओर्लिए । कारागार बाहिरबाटै पैदल हिँडेर उनी महिला वार्ड पछाडिको ३ नम्बर पोष्टमा उक्लिए । यहाँसम्मको फुटेज कारागार प्रशासनसँग छ । दिउँसो ३ बजेर ४ मिनेटमा उनी त्यहाँबाट ओर्लिएको भिडियो पनि कारागार प्रशासनसँग सुरक्षित छ । त्यसपछि उनी क्यामेरामा पनि देखिँदैनन् ।

 

‘उसले यहाँ सबैको मन जितेको थियो,’ कारागार प्रमुख यज्ञराज निरौलाले भने, ‘बाहिरबाट सिँढी भित्र पठाएको पनि हामीलाई जानकारी छैन, ऊ बढी विश्वासिलो भएर प्रहरीले हामीलाई जानकारी नगराएको पनि हुन सक्छ ।’

 

प्रहरी मोबाइलमा व्यस्त भएपछि‘

कारागारमा विजुलीसम्बन्धी केही समस्या आइपरे माझीले नै बनाउने गर्थे । अरुबेला उनी प्रहरीको निगरानीमै रहेर काम गर्थे । तर, त्यसदिन उनी पोष्टमाथि चढेर बिजुलीको काम गर्दा प्रहरीले खासै चासो दिएनन् । ‘त्यहाँ ऊ चढेको थाहै पाएनन् प्रहरीले,’ कारागार प्रमख निरौलाले भने, ‘प्रहरीलाई मोबाइलले बिगार्यो ।’ ड्युटीमा रहँदा प्रहरी मोबाइल चलाएर बस्ने बानी परेको उनको आसय थियो ।

 

माझी कारागारको दक्षिणी पोष्ट हुँदै ओर्लिएर आफ्नो बाटो लागेका हुन् । कारागारको सुरक्षार्थ प्रहरी नायव निरीक्षक हस्तबहादुर श्रेष्ठको नेतृत्वमा जम्मा २७ जना प्रहरी छन् । माझी फरार हुँदा प्रहरी नायव निरीक्षक श्रेष्ठ भने विदामा थिए । प्रहरी सहायक निरीक्षक गणेश राईको नेतृत्वमा सुरक्षा टोली रहँदा माझी फरार भएपछि अहिले केही प्रहरी कारबाहीमा परेका छन् । प्रहरी सहायक निरीक्षक राईसहित ड्युटीमा खटिएका एक जना प्रहरी हवल्दार र चार जना प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय झापा तानिएको प्रहरी स्रोतको भनाइ छ ।

 

कारागारमा हाल ९ सय १६ कैदीबन्दी छन् । ‘यसरी कैदी फरार हुनुमा सुरक्षाकै कमजोरी हो,’ कारागार प्रमुख निरौलाले भने, ‘तर, कसैको नियतमा ऊ भागेको छैन, भूलबस नै यो घटना भएको हो ।’ कारागारमा जम्मा ११ वटा सिसि क्यामेरा छन् । माझी भागेको दिशातर्फ भने क्यामेरा नभएको उनले बताए ।

 

छानविन समिति गठन

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार यो विषय अध्ययन गर्नका लागि एउटा छानविन समिति नै बनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको उक्त समितिमा डिएसपी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधिसमेत छन् । ‘समितिले अनुसन्धान गर्छ र कहाँनेर त्रुटी भयो, पत्ता लगाउँछ,’ प्रमख जिल्ला अधिकारी दाहालले भने, ‘यो विषयमा हामी गम्भीर छौँ, प्रहरीले विषेश निगरानी, गस्ती र चेकजाँच गर्दैछ, फरार कैदी चाँडै भेटिनेछ ।’

 

चोरीको आरोपमा तीन पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम(पश्चिम)ले सदरमुकाम मुसीकोटको विभिन्न ठाउँमा चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिवेणि गाउँपालिका ३ का २३ वर्षीय बलवहादुर कामी, रुकुम(पूर्व) सिस्ने गाउँपालिका ८ का २१ वर्षीय धनवहादुर सार्की र आठबीसकोट नगरपालिका ७ का २१ वर्षीय महेश बुढा रहेका छन् ।

जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुमित खड्काकाअनुसार कामी र सार्की जबर्रजस्ती करणी उद्योग र चोरीको आरोपमा पक्राउ परेका हुन् भने बुढा चोरीको आरोपमा पक्राउ परेका हुन् ।

पक्राउ परेका मध्ये कामी र सार्की नाताले साला भिनाजु हुन् । उनीहरु मिलेर मुसीकोट नगरपालिको ६ पोखरामा साउन २१ गते चोरी गरेका थिए । उनीहरु दिउँसो तीन बजे घरमा एक्लै रहेकी ४५ वर्षीया महिलाको घरमा म्याक्सी लगाएर पसेका थिए । उनीहरूले महिलालार्इ जबर्रजस्ती करणीको प्रयास गरेका थिए । महिलाले प्रतिकार गरेपछि लाठी र हँसियाले हानेर अचेत बनाई ८३ हजार नगद चोरेर भागेका डिएसपी खड्काले बताए ।

बुढा पेसेवर चोर
चोरीको आरोपमा पक्राउ परेका बुढा पेसेवर चोर रहेको प्रहरीले जनाएको छ । उनले मुसीकोट नगरपालिका १ मा दुईवटा घरको ताला फोडि सुनका गरगहना तथा काँसका भाँडाकुँडा चोरेका थिए। उनको साथबाट सुनको बेरुवा औंठी तीन थान, सुनको सिक्रि एक थान, चाँदीको सिक्रि दुई थान, नगद सात हजार तीस, काँसको थाली ६ वटा, काँसको कचौरा ११ वटा र कस्तुरीको दाह्रा एकवटा बरामद गरिएको छ । बुढाले अन्य विभिन्न ठाउँमा पनि चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र त्यस बारेमा पुष्टि हुन बाँकी रहेको डिएसपी खड्काले बताए ।

 

प्रतिक्रिया दिनुहोस
टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको