काठमाडौंबाट हराएका भनेको बालक यसरी परे फेला, आमाकै भूमिका शंकास्पद



हाम्रो इकोनोमि

 

सोमवार विहान काठमाडौंको गोंगबु (नयाँ बसपार्क) क्षेत्रबाट बेपत्ता भएका बालक फेला परेका छन् ।

 

बालक सोमवार राति नै फेला परेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरायसी झगडाका कारण बालककी आमा सीता महतले ‘छोराको अपहरण’ भएको भन्दै मौखिक उजुरी दिएकी हुन् ।

 

तनहुँको शुक्लागण्डकी नगरपालिका घर भएको बताउने सीताले आफू काठमाडौं आउने बेला बसमा चिनजान भएका दिलबहादुर कार्कीले बच्चा अपहरण गरेको उजुरी प्रहरीमा दिएकी थिइन् ।

 

काम विशेषले काठमाडौं आएकी सीताले बसपार्कमा ओर्लेर शौचालय जाने बेला बसमा चिनजान भएका कार्कीलाई बच्चा र झोला जिम्मा लगाएको बताएकी थिइन् । शौचालयबाट फर्किने बेला बच्चा र झोला लगेर कार्की फरार भएको भन्दै सीताले महानगरीय प्रहरी बृत्त बौद्धमा मौखिक उजुरी दिएकी थिइन् ।

 

महानगरीय प्रहरी बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामकुमार राईका अनुसार सीताले सोमवार विहान १० बजे मौखिक उजुरी दिएकी थिइन् ।

सीताको उजुरीका आधारमा प्रहरीले सोमवार दिनभर बच्चाको खोजी गरेको थियो ।

 

दिनभरी खोज्दा पनि बच्चा फेला नपरेपछि उजुरीकर्ता महिलामाथि नै छानबिन गरेको प्रहरीले बच्चा हराउनुको कारण घरायसी झगडा भएको पत्ता लगाएको छ ।

 

‘घरायसी झगडाका कारण बच्चा बेपत्ता भएको भनिएको रहेछ,’ महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले भन्यो, ‘पछि हराएका भनिएका बच्चा राति ८ बजेतिर परिवारको सम्पर्कमा आइसकेका छन् ।’

 

महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाबाट खटिएको विशेष टोलीले दिनभर बच्चाको खोजी गरेको थियो ।

 

साँझ आमासँग नै सोधपुछ गर्दा हराएका बच्चा फेला परेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० धीरजप्रताप सिंहले लोकान्तरलाई बताए ।

 

प्रहरीका अनुसार आफू तनहुँबाट आएको बताउने महिला काठमाडौंको टोखामा बस्ने गर्छिन् । प्रहरीले सोमवार राति नै बच्चा र आमालाई उनीहरु बस्ने गरेको टोखाको घरमा पुर्‍याएर छाडेको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

  नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने...

आज देशभर वर्षा र हिमपात हुने

    आज बिहानै काठमाडौँमा वर्षा भएको छ । यस्तै, दिउँसो मुलुकका केही...

एकैपटक १ हजार ५ सय ९४ जना पदमुक्त हुने

   राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश,...

अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...