काठमाडौँका तीन स्थानमा बम फेला, बजार बन्द गर्दै हिडेका विप्लप माओवादीका १२ कार्यकर्ता पक्राउ



हाम्रो इकोनोमि

 

काठमाडौँका विभिन्न स्थानमा तीन बम फेला परेका छन् ।

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार आह्वान गरेको बन्दमा चन्द्रागिरि नगरपालिकास्थित नैकाप बल्खु पुल, गोकर्णेश्वर नगरपालिकास्थित नयाँ पाटी र काठमाडौँ महानगरपालिकास्थित जमलमा बम फेला परेका हुन् ।

 

यसअघि मंगलबार बिहान भक्तपुरका विभिन्न स्थानमा बम फेला परेको थियो । शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको जनाइएको छ ।

जमलमा बम लिएर हिँडेको अवस्थामा उषाकिरण र तारा सञ्जेललाई नियन्त्रणमा लिइएको बताइएको छ ।

 

चितवनका विभिन्न स्थानबाट मंगलबार प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ।

शान्ति सुरक्षाका लागि रातिदेखि नै खटिएको प्रहरी टोलीले विभिन्न क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई पक्राउ गरेको चितवनका

 

प्रहरी उपरीक्षक शुशिलसिंह राठौरले जानकारी दिए। केही व्यक्तिहरु गोजीमा ढुंगा, लाइटर बोकेर हिँडेको अवस्थामा, केही बजार बन्द गर्दै हिँडेको अवस्थामा र केही शंकास्पद गतिविधि देखाएकाले पक्राउ गरेर अनुसन्धान गरिरहेको उहाँले बताए।

 

उनीहरु विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हो होइन भन्ने बारेमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैबैच विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण चितवनको जनजीवन पनि प्रभावित भएको छ।

 

लामो दूरीका सवारी चलेका छैनन्। भने छोटो दूरीका सवारीहरु फाट्टफुट्ट चलेका छन्। स्कुल, शैक्षिक संस्था मुख्य बजार तथा कलकारखानासमेत बन्द छन्। चितवनको भरतपुरस्थित रिजाल चोकमा शंकास्पद वस्तु भेटिएकाले सो क्षेत्रमा बम डिस्पोजल टोली पठाइएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए।

 

प्रहरीले भने सुरक्षा चेकजाँचलाई कडा पारेको जनाएको छ। जिल्लामा कुनै अप्रिय घटना भने भएको छैन।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज पोखरेलले नैकाप र नयाँपाटीमा फेला परेका बम नेपाली सेनाले निष्क्रिय पारेको बताउँदै बम लिएर हिँडेका दुई जनालाई जमलबाट नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...