बलात्कारी जोगाउने एसपी र डिएसपीलाई यस्तो भयो कार्वाही



हाम्रो इकोनोमि

 

किशोरीमाथि सामुहिक बलात्कार भएको घटनाका पीडकलाई जोगाउने दुई प्रहरीमाथि कार्वाही भएको छ ।

 

महानगरीय प्रहरी कार्यालयका एसएसपी पूर्णचन्द्र जोशी र काठमाडौं परिसरका एसपी रामदत्त जोशीको संयोजकत्वमा गठित टोलीले गरेको छानबिनमा उनीहरु दोषी देखिएपछि कार्बाहीमा परेका हुन् ।

 

२०७४ माघ ७ गते काठमाडौंको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा एक किशोरीमाथि भएको सामुहिक बलात्कार र १६ पुस २०७४ मा इटहरीको रोयल रिसोर्टमा बालिका बलात्कारको घटनाका आरोपीलाई जोगाउने गरी मिलमतोमा टुंग्याउने प्रहरी अधिकारीको ग्रेड घटुवा र सुरु स्केलमा घटुवा गरिएको छ ।

 

प्रहरी प्रधान कार्यालयका अनुसार इटहरीको रोयल रिसोर्टमा बालिकामाथि भएको बलात्कार घटनालाई त्यसै टुंग्याएको आरोपमा सुनसरी प्रहरी प्रमुख एसपी बिद्यानन्द माझीकोे एक स्केल ग्रेड घटुवा र प्रहरी निरीक्षक चिरन्जिवी दाहालको सुरु स्केलमा घटुवा गरेर कार्बाही गरिएको छ ।

उक्त घटना पश्चात प्रहरीले एसएसपी हरिबहादुर पालको नेतृत्वमा गठन गरेको पाँच सदस्यीय छानबिन समितिको सिफारिसका आधारमा उनीहरु कारबाहीमा परेका हुन् ।

 

त्यस्तै दरबारमार्ग बलात्कार घटना आर्थिक लेनदेनमा वृत्तमै कपाली कागजमा सहमति गराउने वृत्तका तत्कालीन इन्चार्ज डिएसपी तिलक भारती, प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र मुद्दाका सई चन्द्रबहादुर भण्डारी कारबाहीमा परेका हुन् । डिएसपी भारतीको ग्रेड घटुवा हुुँदा प्रहरी निरीक्षक ठकुरी र सई भण्डारीको शुरु स्केलमा घटुवा गरी कार्बाही गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...