एकाविहानै राजधानीमा बम आतंक : सुरक्षा व्यवस्था कडा, प्रहरी भन्छ-‘तर्साउन राखिएको हो आत्तिनु पर्दैन



हाम्रो इकोनोमि

 

मंगलबार विहानै राजधानी उपत्यकाका विभिन्न स्थानमा बम तथा शंकास्पद बस्तु फेला परेका छन् । बम तथा शंकास्पद बसतु फेला परेपछि अहिले राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न आठ स्थानमा बम तथा शंकास्पद बस्तु फेला परेको नेपाल प्रहरी जनाएको छ । फेला परेका प्रेसर कुकर बम र प्लाष्टिकमा पोको पारिएका शंकास्पद बस्तु नेपाल प्रहरी र नेपाली सेनाको प्राविधिक टोलीले निष्क्रिय पारेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले लोकान्तरलाई बताए ।

 

उनले भने, ‘राति ३ बजेदेखि नै प्रहरी परिचालित छ । केही स्थानमा भेटिएका शंकास्पद बस्तु प्रहरी आफै र केही स्थानमा सेनाको सहयोगमा निष्क्रिय पाएिको छ ।’ उनका अनुसार अहिले राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको र ठाउँठाउँमा चेकजा गरिएको उनले जानकार दिए ।

तर्साउने नियतले प्लाष्टिकमा पोको पारेर शंकास्पद बस्तु मान्छेको आवतजावत हुने ठाउँमा राखिएको उनले बताए ।

 

भक्तपुरको सूर्यविनायक, आदर्श चोक र मध्यपुरठिमी नगरपालिका–१ लोकनथलीमा मंगलबार बिहानै प्रेसर कुकर बम भेटिएको थियो । प्रहरी तथा सेनाको बम डिस्पोजल टोलीले सूर्यविनायकको आदर्श चोक र मध्यपुरठिमीको लोकनथलीमा राखिएको प्रेसर कुकर बम बिहान ६ बजे निष्क्रिय पारेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

 

यस्तै ललितपुुरको ग्वार्कोमा फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले मंगलबार बिहान ३ बजेतिर सुरक्षित रुपमा डिस्पोज गरेको छ । थसिखेलमा र बटुकभैरवमा फोहोरको थुप्रोमा राखिएका शंकास्पद बस्तु प्रहरीको टोलीले बिहानै निष्क्रिय पारेको छ ।

 

यसैगरी नैकापमा बम फेला परेको  छ ।  उक्त बम प्रेसर कुकर बम भएको आशंका गरिएको छ । नेपाली सेनाको टोली डिस्फोजका लागि घटनास्थलमा पुग्दै गरेको प्रहरीले जनाएको छ ।

नेत्रविक्रम चन्द, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नेता पक्राउ परेको बिरोधमा मंगलबार बन्द आह्वान गरेकाले उसकै कार्यकर्ताले बमसहितका शंकास्पद बस्तु राखेको हुन सक्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...