मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु



हाम्रो इकोनोमि

 

धनुषाको मिथिला नगरपालिका–४ पुष्पवलपुरमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार ज.१०.प. ८०१८ नंको मोटरसाइकलमा सवार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित जनज्योति बोर्डिङ स्कूलका प्रअ प्रेमचन्द्र यादव कुसियतको दुर्घटनामा परी घटनास्थलमा नै मृत्यु भएको हो । गएराति करीब ९ बजे मोटरसाइकल अनियन्त्रि भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल उछिट्टिएर नाम ठेगाना खुल्न नसकेका एक पैदल यात्रीसमेत घाइते भएका छन् । पैदल यात्री डाक बम रहेको उनी सिरहाको उत्तराहिनीबाट जल बोकी महोत्तरीको टुटेश्वरनाथ मन्दिरमा जल चढाउन गइरहेका थिए । घाइते डाक बमलाई राति नै स्थानीय स्वास्थ्य उपचार केन्द्रमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ ।
–––

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...