गोंगबुबाट हराएका बालक खोज्न ८० भन्दा बढी प्रहरी परिचालन, यसरी बेपत्ता भएका थिए सिजान्त



हाम्रो इकोनोमि

 

काठमाडौंको गोंगबुबाट बेपत्ता भएका बालक सिजान्त महतको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको अपराध महाशाखा र काठमाडौं परिसरले संयुक्त रूपमा बालकको खोजी गरिरहेको हो । महतको खोजीका लागि ८० भन्दा धेरै प्रहरी परिचालन भएको प्रहरी स्रोतले जानकारी दियो ।

सिजान्तलाई ‘अपहरण’ गरेका भनिएका दिलबहादुर कार्कीको मोबाइल स्विच अफ छ ।

 

यसरी बेपत्ता भएका थिए सिजान्त

आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिकाबाट काठमाडौं आएकी सीता महतका ९ वर्षीय छोरा सिजान्त महत बेपत्ता भएका हुन् ।

सोमवार बिहान काठमाडौं आइपुगेका बालककी आमाले प्रहरीमा दिएको उजुरीअनुसार तनहुबाट काठमाडौं आइपुगेलगत्तै उनको छोरा ‘अपहरण’ मा परेका हुन् ।

तनहुँबाट सोही गाडीको एकै सीटमा बसेर आएका दिलबहादुर कार्कीले छोरा सिजान्तलाई अपहरण गरेको भन्दै उनकी आमा सीताले प्रहरीमा जाहेरी दिएकी छन् ।

मेडिकल कलेजमा काम गर्छु भन्ने दिलबहादुर कार्कीसँग बाटोमै चिनजान भएको उनको भनाइ छ ।

काठमाडौंमा उत्रिएसँगै गाडीमा चिनजान भएका कार्कीलाई छोरा सिजान्त, झोला जिम्मलगाएर शौचालय गएकी सीता फर्केर आउँदा छोरा थिएनन् ।

छोरा सिजान्त, झोला, मोबाइलसमेत लिएर कार्की त्यहाँबाट हिँडेको उनले प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...