संसदमा मन्त्री अधिकारीको जवाफ– वाइड बडी विमान खरिदमा भ्रष्टचार, दोषीलाई कारवाही गर्ने तयारी



हाम्रो इकोनोमि

 

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान खरिदको सम्बन्धमा प्रश्न उठेपछि मन्त्रालयले सुक्ष्म ढंगले छानबिन शुरु गरेको बताएका छन् ।

 

प्रतिनिधिसभाको सोमवारको बैठकमा सभामुखसँग समय लिएर मन्त्री अधिकारीले जहाज खरिदका क्रममा विगतमा भएको प्रक्रियाबारे अध्ययन अनुसन्धान भइरहेको र दोषी पाइए कारवाही हुने बताएका हुन् ।

 

ʻदुईवटा जहाज खरिदका सन्दर्भमा भर्खरै पनि माननीय सदस्यले प्रश्न गर्नुभयो । केही प्रश्न बाहिर पनि उठेका छन् । जहाज खरिदको लामो प्रक्रिया छ । लामो प्रक्रिया पूरा गरेर दुईवटा विमान आएका छन् ।

 

खरिद प्रक्रियाको सम्बन्धमा मन्त्रालयले सुक्ष्म ढंगले अध्ययन र अनुसन्धान गरिरहेको छ । हाम्रो अध्ययनपछाडि सदनलाई जानकारी गराउँछु ।ʼ मन्त्री अधिकारीले भने, ʻअरु थप जहाज आवश्यक छ । मुख्य कुरा निगमको विमानलाई संसारका विभिन्न ठाउँमा पुर्‍याउनु र प्रतिष्ठालाई माथि उठाउनु आजको आवश्यकता हो । गलत छ, छानबिन र कारवाहीको दायरामा आउँछ, एयरलाइन्स निर्वाद् रूपमा अगाडि बढ्छ ।ʼ

 

मन्त्री अधिकारीले अटोमेसन प्रणालीमार्फत् इटिकटिङको व्यवस्था गरिएपछि टिकट बेचबिखनमा केही अनियमितता नहुने बताए ।

 

मन्त्री अधिकारीले पर्वतारोहणमा जाने पर्यटकको फर्जी उद्धारका सम्बन्धमा समेत सरकारले छानबिन गरिरहेको र दोषीमाथि कारवाही गर्ने बताए ।

 

यसअघि नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले वाइड बडी जहाज खरिदमा अनियमितताको आशंका रहेको बताएका थिए । उनले प्रतिप्रश्न गर्दै वाइड बडीमा वारेन्टी छ, छैन ? भनेर प्रश्न गरे ।

 

सांसद सुजाता कोइरालाले अन्तर्राष्ट्रिय विमानहरू आकाशमा होल्डिङ भइरहेको समयमा नयाँ जहाज थपेर कसरी व्यवस्थापन गर्नुहुन्छ ? भनेर प्रश्न सोधिन् ।

 

संसदमा भएको प्रश्नोत्तरको जवाफमा मन्त्री अधिकारीले जहाज आउनु ज्यादै राम्रो भएको र केही गल्ती भएको भए सरकार र सदनले नछाड्ने बताए । ʻनेपाल एयरलाइन्सलाई प्रभावकारी ढंगले अगाडि बढाउनु आवश्यक छ । केही कमजोरी छ भने छानबिनको दायरामा आउछ,ʼ उनले भने ।

अन्तर्राष्ट्रिय विमान समयमा उड्ने र दुई महिनापछि टिकट लुकाउने अवस्था नहुने बताए ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री विरुद्ध तरुण दलको पनि प्रदर्शन

  सदनमा प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई लिएर कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण...

विपक्षीको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित

    विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रधानमन्त्री...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

    नेकपा (एमाले) ले नेपालको सिमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्मा...

राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे भन्दै एमाले काठमाडौंको प्रदर्शन

  नेपालले थुप्रै ठाउँमा भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई...