कुखुरा, परेवा जे देख्यो त्यसैको कर लिने : सांसद त्रिपाठी



हाम्रो इकोनोमि

 

 

सरकारले जथाभावी कर लिएको भन्दै सांसदहरुले विरोध जनाएका छन् । सोमबारको संसद बैठकमा सांसदहरुले जथाभावी कर लिँदा यसविरुद्ध देशब्यापी आन्दोलन सुरु भएको भन्दै सरकारलाई सचेत गराएका छन् ।

 

सांसद हृदयश त्रिपाठीले देशभरी कर विरुद्धको आन्दोलन सुरु भइसकेको भन्दै सरकारले यसलाई बेलैमा नसम्हाले भयावह अवस्था आउने चेतावनी दिए । स्याङ्जामा ज्योतिषलाई पनि कर तिराइएको, परेवा, कुखुरा, साइकल जे देख्यो त्यसमै कर लगाउने काम गरिएको भन्दै उनले आक्रोश पोखे ।

 

करको भार बढिरहेको छ कि स्याङ्जामा ज्योतिषलाई पनि कर तिराइएको छ । कुखुरा, परेवा जे देख्यो त्यसमै कर लगाइदिने, हुँदा हुँदा मान्छे देख्यो भने कर लगाउला भन्ने डर भइसक्यो’ उनले भने ।

 

कर वृद्धिका कारण संघीय व्यवस्था बदनाम हुने भन्दै एउटा समूह खुशी भएको भन्दै सांसद त्रिपाठी कर विरुद्धको आन्दोलनले संघीय व्यवस्थामात्र नभई अरु धेरै चिज नष्ट हुने चेतावनी दिए ।

 

‘कर विरुद्धको आन्दोलन सुरु भइसकेको अवस्था छ । त्यसतर्फ ध्यान दिइएन भने संघीयता एक्लै घायल हुने छैन । अरु चिजहरु पनि घायल हुनेवाला छन् । सबैले आआफ्ना इष्ट देवको फोटो लिएर रुनुपर्ने दिन आउँला’ उनले भने ।

 

मनोमानी ढंगले कर वृद्धि गर्दा निर्वाचनको उपहार नै यही हो भन्ने सन्देश गएको सांसद त्रिपाठीले बताए । ‘स्थानीय तह शक्तिशाली र प्रदेशलाई अधिकारविहीन बनाउँदाको नतिजा हो’ उनले भने ‘संसदले यसलाई निरुपण गर्नुपर्छ । सरकारले पनि अविलम्ब निर्णय गरोस् ।’

 

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले जन्मदर्ता र मृत्युदर्ताको सिफारिस गर्दा एक हजार लिनु न्यायोचित नभएको बताइन् । ‘जन्मदर्ता र मृत्युदर्ताको लागि सिफारिस गर्दा पनि १ हजार लिने गरिएको छ’ उनले भनिन् ‘जनताले महंगो कर कहाँ तिर्न सक्छन् ?’

 

राप्रपा महामन्त्री तथा सांसद राजेन्द्र लिंदेनले सरकारले इन्टरनेट सेवामा लाग्ने कर फिर्ता लिएको घोषणा गरे पनि मोवाइल डाटा प्याकमा ३० प्रतिशतसम्म कर वृद्धि कायमै रहेको बताए । ‘डाटा प्याकमा ३० प्रतिशत भन्दा बढी कर काटेको छ । यो के भएको ? हामी कता जाँदैछौं ?’ उनले प्रश्न गरे ‘जनतालाई कर थुपारेर सरकार कहाँ जान खोजेको छ ?’

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री विरुद्ध तरुण दलको पनि प्रदर्शन

  सदनमा प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई लिएर कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण...

विपक्षीको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित

    विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रधानमन्त्री...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

    नेकपा (एमाले) ले नेपालको सिमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्मा...

राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे भन्दै एमाले काठमाडौंको प्रदर्शन

  नेपालले थुप्रै ठाउँमा भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई...