काठमाडौंबाट फेरि अर्को ९ वर्षीय बालकको अपहरण



हाम्रो इकोनोमि

काठमाडौंको गंगबुबाट एक जना बालक बेपत्ता भएका छन् ।

आइतबार तनहुको शुक्लागण्डकी नगरपालिकाबाट काठमाडौं आएका सीता महतका ९ वर्षीय छोरा सिजान्त महत बेपत्ता भएका हुन् ।

 

सोमबार विहान काठमाडौं आइपुगेका बालककी आमाले प्रहरीमा दिएको उजुरी अनुसार तनहुबाट काठमाडौं आइपुगे लगत्तै उनको छोरा ‘अपहरण’ मा परेका हुन् ।

 

तनहुबाट सोही गाडीको एकै सीटमा बसेका आएका दिलबहादुर कार्कीले छोरा सिजान्तलाई अपहरण गरेको भन्दै उनकी आमा सीताले प्रहरीमा जाहेरी हालेकी छिन् ।

एउटै सिटमा बसेका मेडिकल कलेजमा काम गर्छु भन्ने दिलबहादुर कार्कीसँग चिनजान भएको उनको भनाइ छ ।

 

काठमाडौंमा उत्रिएसँगै गाडीमा चिनजान भएका कार्कीलाई छोरा सिजान्त, झोला जिम्मलगाएर शौचालय गएकी सीता फर्केर आउँदा छोरा थिएनन् भने उनको झोला, मोबाइलसमेत लिएर कार्की त्यहाँबाट हिडेको उनले प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरेकी छिन् ।

प्रहरीले घटनाबारे छानवीन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...