प्रहरीले समात्यो १० किलो चरेस, ६ जना पक्राउ



हाम्रो इकोनोमि

 

प्रहरीले १० किलो चरेसहित ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । अबैध लागू औषध चरेश संचय गरी बिक्री वितरणको लागि ओसार पसार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले काठमाडौंको ज्याठाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
आइतबार साँझ साढे पाँच बजे उनीहरुलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गबाट प्रहरी निरिक्षक जितेन्द्र श्रेष्ठको कमाण्डमा खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट १० किलो चरेसजस्तो देखिने वस्तु फेला परेको प्रहरीले बताएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई अहिले अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेहरुमा बाग्लुङ स्थायी घर भई गंगबु बस्ने रोजन छंत्याल, सुजन मगर र बिशाल मगर, काभ्रे घर भई डल्लु बस्ने राम मगर, कास्की घर भई डल्लु संजय सुबेदी, रोल्पा घर भई नयाँबसपार्क बस्ने शेरबहादुर पुनमगर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...