काँग्रेस पार्टीभित्र देउवालाई झट्का, सभापतिविरुद्ध हस्ताक्षर गर्ने यस्तो चेतावनी



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति देउवामा महासमिति बैठक गर्ने इच्छाशक्ति नदेखिएको आरोप लगाएका छन् ।

 

काँग्रेसका केन्द्रिय सदस्य तथा नेता कोइरालाले महासमिति बैठक भदौ महिनाभित्रमा गर्न दवाव दिने भन्दै सभापति देउवामा महासमिति बैठक गर्ने इच्छा शक्ति नदेखिएको आरोप लगाएका हुन् ।

 

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा।कोइरालाले भने ‘सभापतिले विधानलाई आत्मसात गर्नुभएन, महासमितिको बैठक गराउन दवाव दिनका लागि हस्ताक्षर गराएर भएपनि भदौ महिनाभित्रै महासमितिको बैठक गर्नुपर्छ ।’

 

पूर्वनिर्णयअनुसार भदौ महिनाभित्र महासमिति बैठक गराउनुपर्ने उनको भनाइ थियो ।

 

महासमिति बैठक तोकिएको समयमा गराउन दवाव दिनका लागि हस्ताक्षर गर्न सुझाव आइरहेको बताउँदै डा.कोइरालाले भने, ‘यदि आलटाल गरियो भने सभापति शेरबहादुर देउवाविरुद्ध हस्ताक्षर पनि हुन सक्छ ।’

 

सभापति देउवाले महासमितिको बैठक असोज महिनापछि गर्ने तयारी गरेको आरोप छ । भदौ महिनाभित्र महासमिति बैठक गर्न समय अपर्याप्त भएको भन्दै देउवाले छठ पर्वपछि बैठकको प्रस्ताव गरेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...