मोटरसाइकल दुर्घटनामा प्रअको मृत्यु



 

धनुषाको मिथिला नगरपालिका वडा नं. ४ पुष्पवलपुरमा गएराति मोटरसाइकल दुर्घटनामा परि घटना स्थलमै एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको ज.१०.प. ०१ नम्बरको मोटरसाइकलमा सवार यसै जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित श्री जनज्योति बोर्डिङ्ग स्कुलका प्रअ प्रेमचन्द्र यादव कुसियतको दुर्घटनामा परि मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय ढल्केवरले दिएको जानकारी अनुसार राति करिब ९ बजे मोटरसाइक अनियन्त्रि भएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइक उछिट्टिएर नाम ठेगाना खुल्न नसकेका एक पैदल यात्री समेत घाइते भएको छ ।

पैदल यात्री डाक बम रहेको उनी सिरहाको उत्तराहिनीबाट जल बोकी महोत्तरीको टुटेश्वरनाम मन्दिरमा जल चढाउन गइरहेको थिए ।

घाइते डाक बमलाई राति नै स्थानीय स्वास्थ्य उपचार केन्द्र प्राथमिक उपचार पश्चात थप उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । डाक बमको समाचार तयार गर्दा समयसम्म होस खुल्न सकेको थिएन ।

मृतक प्रअ कुसियतको लाशलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।

यता, निजी विद्यालयहरुको संगठन प्यावसन, एन प्यावसन र मधेश प्यावसनले मृतक प्रअ कुसियतको शोकमा आज सोमबार जिल्लाका सबै निजी विद्यालय बन्द गर्न आह्वान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको