सिंहदरवारमा ट्रेड युनियनको दादागिरी, कर्मचारी संगठनका उपाध्यक्षद्वारा कार्यकक्षमै कर्मचारीमाथि हातपात



हाम्रो इकोनोमि

 

निजामति कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीमाथि हातपात गरेका छन् ।

 

भण्डारीले सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखाका कर्मचारीमाथि हातपात गर्नुका साथै कार्यलय तोडफोडसमेत गरेका छन् ।

 

भण्डारीले कर्मचारी सरुवाको विषयलाई लिएर मन्त्रालयको कर्मचारी प्रशासन शाखाका कर्मचारीमाथि हातपात गरेका हुन् । डोल्पामा कार्यरत शाखा अधिकृत नेत्रराज गिरीलाई अनुकुल स्थानमा सरुवा गराउनुपर्ने भन्दै भण्डारीले दवाव दिँदै आएका थिए ।

 

आफूले भनेअनुसार गिरीलाई सरुवा नगरिएको भन्दै भण्डारीले सामान्य प्रशासन मन्त्रालयका कर्मचारीमाथि हातपात गरेका हुन् ।

 

उनले कर्मचारी प्रशासन शाखामा तोडफोड गर्नुका साथै कुर्सी र टेबुल समेत भाँचेको सामान्य प्रशासन मन्त्रालयका एक कर्मचारीले लोकान्तरलाई बताए ।

 

मन्त्रालयका स्रोतका अनुसार सचिव दिनेश कुमार थपलियाले घटनामाथि अनुसन्धान गर्न निर्देशन दिइसकेका छन् । सचिव थपलियाको निर्देशनानुसार घटनाको अनुसन्धान शुरु भइसकेको स्रोतले लोकान्तरलाई बतायो ।

 

उपाध्यक्ष भण्डारीले आइतवार दिउँसो साढे ३ बजे सामान्य प्रशान मन्त्रालयको कर्मचारी प्रशासन शाखाका कर्मचारीमाथि हातपात गरेका हुन् । निजामति कर्मचारी संगठन तत्कालीन नेकपा एमाले निकट कर्मचारी संगठन हो ।

प्रधानमन्त्री भेट्न राजपा नेताहरु वालुवाटारमा

 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्यहरु प्रधानमनत्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

 

भेटमा राजपाले प्रधानमन्त्री ओलीसँग सरकार निर्माण गर्दा आफूसँग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेसहित माग राख्ने भएको छ । गत साउन ३ गते राजपाले बुझाएको ७ बुँदे माग पनि पूरा गर्न दबाब दिने राजपा नेताहरुले बताएका छन् ।

 

राजपाले प्रधानमन्त्रीसँग गएको बिहीबार भेट्न समय मागेको थियो । तर, प्रधानमन्त्रीले समय नदिएको राजपा नेताहरुको गुनासाकाबीच आइतबार भेट भएको हो ।

 

सविधान संशोधन, रेशम चौधरीको रिहाइ, थुनामा रहेका आन्दोलनकारीको रिहाइ तथा मुद्दा फिर्ता लगायतका माग राजपाको रहेको छ ।  टीकापुर घटनाका आरोपी रेशम चौधरीको रिहाइको विषयलाई पनि राजपाले मुख्य मुद्दा बनाएको छ ।

 

राजपा अध्यक्षमण्डलको वैठकले सरकार विगतका सहमतिप्रति गम्भीर नभएको भन्दै अध्यक्षमण्डलका सबै सदस्यहरुले सामूहिक भेटेर छलफल गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

  नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने...

आज देशभर वर्षा र हिमपात हुने

    आज बिहानै काठमाडौँमा वर्षा भएको छ । यस्तै, दिउँसो मुलुकका केही...

एकैपटक १ हजार ५ सय ९४ जना पदमुक्त हुने

   राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश,...

अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...