कोटेश्वर–कलङ्की सडक निर्माण अन्तिम चरणमा, दुई-चार दिनमा नै अण्डर पास सञ्चालन



हाम्रो इकोनोमि

 

नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको कोटेश्वर–कलङ्की सडकको निर्माण अन्तिम चरणमा पुगेको छ ।

 

सडक निर्माणको काम ९७ प्रतिशत सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । १० दशमलव ४ किलोमिटर लामो यो सडक निर्माणको काम चिनिँया सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन ग्रुपले गरिरहेको छ । चिनियाँ निर्माण कम्पनीसँग समन्वयको काम योजनाले गरिरहेको छ । उनि भन्छन् , “तोकिएकै समय अर्थात् आगामी डिसेम्बरमा काम सक्ने गरेर चिनिँया कम्पनी लागिरहेको छ ।”

 

निर्माणाधीन यो सडकमा आठ लेनसँगै ‘अण्डर पास’ (भूमिगत सडक) समेत बन्दैछ जुन नेपालको पहिलो हो । कलङ्कीदेखि कोटेश्वर सम्मको सडकमा आंशिकबाहेक अधिकांश काम सकिएको छ । इञ्जिनीयर अर्याल भन्छन् , “मुख्यतः अहिले अन्तिम चरणको काम भइरहेको छ र थोरै निर्माणको काम पनि बाँकी छ ।” काम सकिएपछि चिनियाँ कम्पनीले सरकारलाई सडक हस्तान्तरण गर्नेछ ।

 

बल्खुमा १ दशमलव ४ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको इञ्जिनियर अर्यालले बताए । कोटेश्वरदेखि बल्खुसम्म नै एक तह कालोपत्र गर्न बाँकी छ । सडकमा फुटपाथ, ट्राफिक सङ्केतहरु र पेन्टिङको काम बाँकी छ । निर्माण कम्पनीले यो सडकले वर्षात सहन सक्छ या सक्दैन भन्ने समेत नियाँलिरहेको छ ।

 

कलङ्कीको सवारी चाप हटाउने उपायका रुपमा लिइएको ‘अण्डर पास’को काम सकिएको छ । कलङ्कीदेखि खसीबजार सम्मको ८०० मिटरमा अण्डर पास निर्माण भएको हो । आठ लेन सडकमध्ये चार लेन मुख्य सडक र चार लेन अण्डर पास छ । अण्डर पास सञ्चालनको तयारी गरिएको छ । उनले भने, “दुई-चार दिनमा नै अण्डर पास सञ्चालनमा आउनेछ ।”

 

चार वर्षपहिले ४० महिनामा निर्माण सम्पन्न गर्ने गरेर सम्झौता भएको थियो । भूकम्प र नाकाबन्दीले काममा भएको ढिलाइले एक वर्ष अवधि थप भयो । गत जुलाईसम्म काम सक्ने योजना ग्रुपले गरेको थियो तर सो अवधिमा काम सम्पन्न भएन र सरकारले आगामी डिसेम्बर सम्मको अवधि थप गर्‍यो । उनले भने, “अब भने डिसेम्बर सम्ममा पूरा हुनेछ ।”

 

निर्माणमा पूरै प्राविधिक जनशक्ति चिनियाँ नै छ । अदक्ष कामदारमा नेपाली र चिनियाँ दुवै छन् । झण्डै ६० नेपाली र २०० चिनियाँ कामदार खटिएका छन् । पाइप लाइन, विद्युत्का खम्बा, सडक छेउका घरटहरा, सडकमा बिच्छ्याइएका मेलम्ची र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइपहरु समय–समयमा फुट्दा ढिलाइ भइरहको थियो । सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानमा सडक छेउमा घर–टहरा छन् । इञ्जिनीयर अर्यालले भने, “हामीले पटक–पटक भने पनि स्थानीयले घर भत्काउन अटेर गरिरहेका छन् ।”

 

मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका सडक छन् । सडकको बीचमा मुख्य लेन र मुख्य लेनको दुवैतर्फ सहायक लेन छन् । चक्रपथ छिर्न सर्भिस ट्र्याक छ जहाँबाट निश्चित ठाउँमा पुग्दा मात्रै चालकले सहायक वा मुख्य लेनमा प्रवेश गर्न पाउँछन् । सर्भिस ट्र्याक निर्माण नेपाल सरकारले थालेको हो ।

 

सडकमा चिनियाँ सरकारले तीन वटा आकाशे पुल बनाइसकेको छ । नेपाल सरकारले सात ठाउँमा आकाशे पुल बनाउन थालेको छ । उनले भने, “कुनै ठाउँमा जगको काम सकियो भने कतिमा शुरु हुन सकिरहेको छैन ।” सडकको लागत रु एक अर्ब रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

  नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने...

आज देशभर वर्षा र हिमपात हुने

    आज बिहानै काठमाडौँमा वर्षा भएको छ । यस्तै, दिउँसो मुलुकका केही...

एकैपटक १ हजार ५ सय ९४ जना पदमुक्त हुने

   राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश,...

अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...