पाल्पामा जिप दुर्घटनामा परी एकको मृत्यु, चार घाइते



हाम्रो इकोनोमि

 

पाल्पाको तानसेन बजारमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

 

चार जना घाइते भएका छन् । जिपको ठक्करबाट बगनासकाली गाउँपालिका, ३ नायरनम्तलेसका ११ महिने बालक निसान बस्यालको मृत्यु भएको हो । ज १ च ६७८४ नम्बरको जिपले हुलाक मोडबाट बसपार्क जाने ओरालोमा ठक्कर दिएको हो ।

 

तानसेन नगरपालिका, २ बडिज्ञानटोलका चार पैदलयात्रु घाइते भएका छन् । जिपको ठम्करबाट बगनासकाली गाउँपालिका, ३ नायरनम्तलेसका ५ वर्षीय निसान बस्याल, २६ वर्षीया लक्ष्मी बस्याल, नवलपरासी सुनवलका ५२ वर्षीय रामजी चौधरी, तानसेन, ६ की ४८ वर्षीया कमला पाण्डे भाइते भएको प्रहरीले जनाएको छ ।

 

ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । चालक रैनादेवी छहरा, ४ का कमलबहादुर खत्री प्रहरीको नियन्त्रण रहेका छन् । घाइते सबैको युनाईटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । जिपको ठक्करबाट छ वटा मोटरसाइकल र स्कुटीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...