भरत शम्शेरको शोक प्रस्ताव पारित गर्दै कांग्रेसले यस्तो गर्‍यो निर्णय



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य भरत शम्शेर राणाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको नेपाली कांग्रेसको बैठकले यस्तो निर्णय गरेको हो ।

 

२०१५ सालमा विपी कोइलारा प्रधानमन्त्री भएको बेला उनी गोर्खा परिषद्को नेताको हैसियतले प्रमुख प्रतिपक्षी दलको नेता थिए । २०१७ मा राजाले शक्ति आफ्नो हातमा लिएपछि भने उनले सो कदमको विरोध गर्दै आफ्नो पार्टीलाई विना कुनै सर्त कांग्रेसमा विलय गराएका थिए । पछि कृष्णप्रसाद भट्टराईको पालामा उनी पार्टीको केन्द्रीय सदस्य बनेका थिए ।

 

शनिबार ९० वर्षको उमेरमा भारतको कलकत्तामा उनले निधन भएको हो । यो निधनप्रति आइतबार कार्यवाहक सभापति विमलेन्द्र निधिको अध्यक्षतामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोकप्रस्ताव पारित गरेको हो ।

 

कांग्रेसले उनको निधनमा दुःख व्यक्त गर्दै उनले लोकतन्त्रको स्थापनाको लागि पुर्‍याएको सहयोगको सदैव स्मरण गरिने उल्लेख गरेको छ । कांग्रेसले सार्वजनिक गरेको विज्ञप्तिमा उनको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।

 

उनको निधनको शोकमा कांग्रेसले ३ दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने, सोमबार केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने र १३ औं दिनमा केन्द्रीय कार्यालयमा शोकसभा आयोजना गर्ने बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...