राजपा नेता यादवले चित्रबहादुर केसीलाई यस्तो हाने झटारो, संघीयता अस्वीकार गरी कसरी उपप्रधानमन्त्री बने ?



हाम्रो इकोनोमि

 

राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले चित्रबहादुर केसीलाई संघीयता विरोधी भएको आरोप लगाएका छन् ।

 

केसी संघीयता विरोधी भएको आरोप लगाउँदै यादवले भने,“संघीयता स्वीकार नगर्ने अनि सरकारमा गएर उपप्रधानमन्त्री बन्ने रु यो कुन नैतिकता हो रु संघीयतामा चुनाव लड्ने रु यस्ता कुरा छोड्नुस् ।”

 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भनेजस्तो संघीयताले देश टुक्र्याउने कुरा अफवाह मात्रै भएको बताउँदै उनले संघीयताले राष्ट्र बलियो हुने बताए ।

 

संघीयताले सबै नेपाली जनता अधिकार सम्पन्न हुने र विकासको गति अघि बढ्ने उनको भनाइ थियो ।

 

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै यादवले कुनै पनि देशमा संघीयता लागु हुँदा तत्कालै नतिजा आउन नसक्ने भन्दै विस्तारै सफल हुने बताए । उनले जनताले चाहेको संघीयता सफल हुने दावी समेत गरे ।

 

प्रदेशलाई स्वायत्त बनाउनुपर्ने सवालमा सरकारको गतिविधी कमजोर देखिएको बताउँदै यादवले अहिलेको सरकारले बनाउनुपर्ने सबै कानुन तत्काल बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...