शहरी क्षेत्रका किशोरकिशोरी डेटिङ स्पटमै यसरी पर्छन हिंसामा, शारीरिक तथा मानसिक हिंसा बढी



हाम्रो इकोनोमि

 

शहरी क्षेत्रका युवा एवं किशोरकिशोरीहरु ‘डेटिङ हिंसा’ को जोखिममा रहने गरेको एक अध्ययनले देखाएको छ ।

 

युवा तथा किशोरकिशोरीहरुको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था युवालयले गरेको सर्वेक्षणले प्रेम सम्बन्धमा किशोरकिशोरीहरु मध्ये कतिपयले डेटिङका क्रममा आफ्नै प्रेमीप्रेमिकाबाट हिंसा भोगिरहेको देखाएको हो ।

 

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार करिब २० प्रतिशतले किशोरकिशोरीले विभिन्न प्रकारको शारीरिक हिंसा भोगेका छन् ।

 

संस्थाले १ सय ५५ जना किशोरकिशोरीमाथि गरेको सर्वेक्षणका क्रममा ७२ जनाले आफू परिवार तथा साथीसङ्गीसँग रहेका बेला प्रेमीप्रेमिकाले किचकिच गर्ने, दिक्क लगाउने लगायतका मनोवैज्ञानिक हिंसामा पार्ने गरेको उल्लेख गरेका छन् ।

 

उनीहरुले प्रेमी वा प्रेमिकाले गाली गर्ने, सामानहरू फालिदिने, धकेलिदिने लगायतका कार्य गर्ने गरेको उल्लेख गरेका छन् ।

 

सर्वेक्षणमा सहभागीमध्ये करिब १५ प्रतिशतले आफूलाई प्रेमीप्रेमिकाले चुम्बन लगायतका यौनजन्य क्रियाकलाप गर्न दबाब दिएको बताएका थिए ।

 

नेपालको समाज तथा संस्कृति पितृसत्तात्मक रहेको भनिए पनि डेटिङ हिंसाको अभ्यास गर्ने र त्यसको पीडा भोग्नेमा महिला तथा पुरुष दुबै बराबर जिम्मेवार रहेको पाइएको युवालयका कार्यक्रम संयोजक सबिन बुढाथोकीले बताए ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...