६४ वर्षीय ‘झाँक्री बा’को कर्तुत : ‘बेथा ठीक पार्ने बाहानामा युवतीलाई नाङ्गेझार पार्दै बलात्कार गर्दै



 

 

राजधानीको प्याफलमा लामो समयदेखि झारफुक गर्दै आएका ६४ वर्षीय कृष्ण प्रसाद नेपाल अर्थात ‘झाँक्री बा’ युवती बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

 

झारफुक गर्न आएकी ३० वर्षिया युवतीलाई ‘बेथा निको पार्ने भए मसँग शारीरिक सम्पर्क गर्नुपर्छ’ भन्दै पटक–पटक बलात्कार गरेको आरेपमा उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको बताइएको छ ।

 

२०४४ सालदेखि काठमाडौंको झोँछे, टौदह र पछिल्लो समय प्याफलमा बसेर झारफुक गर्दै आएका नेपालले राजधानीकै एक श्रेष्ठ थरकी युवतीलाई ‘रोग निको पार्ने’ नाममा ६ पटक सम्म बलात्कार गरेको जाहेरी परेसँगै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

 

मकवानपुरको भैँसे स्थायी घर भएका नेपाल लामो समदेखि काठमाडौंमा बसेर झारफुक गर्दै आएका थिए ।

 

‘जबर्जस्ती करणीको जाहेरी परेपछि झारफुक पेसा गर्दै आएका कृष्णप्रसाद नेपाललाई हामीले पक्राउ गरेका छौँ,’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता ९डिएसपी० मोहन थापाले भने, ‘उनी संलग्न घट्नबारे अनुसन्धान भइरहेको छ ।’

 

झाँक्रीको आवरणमा बलात्कर गरेको आरेपमा पक्राउ परेका नेपालले प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा आफुले सहमतीमा दुई पटक ती युवतीसँग शारिरिक सम्पर्क गरेको स्वीकार गरेका छन् ।

 

झारफुक गर्नका लागी आफ्नो आसनमा आउने महिलाहरुलाई उनले पहिले पनि यसरी नै ‘मेरो जिउमा देउता छन्, रोग निको हुन्छ’ भन्दै बलात्कार गर्ने गरेको पाइएको छ । ६४ वर्षको उमेरसम्म उनले आधा दर्जन महिलासँग विवाह समेत गरेर छाड्ने गरेको बताइएको छ । हाल उनी प्याफलमा उपचारकै क्रममा उनको सम्पर्कमा आईपुगेकी ३० बर्षिया युवतीसँग विवाह गरेर बस्दै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न