केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको भन्दै प्रधानमन्त्री ओली यसरी जगिंए



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधीका रुपमा करार गर्न खोजेको भन्दै दुसेखो व्यक्त गरेका छन्।

 

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितिलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले माइतिघरमा प्रदर्शन गर्न नपाइने सरकारको निर्णयलाई लिएर केही मिडियाले यस्तो बताएको उनको भनाइ थियो।

 

‘माइतीघर मण्डला के आमसभा र जुलुस गर्न उपयुक्त ठाउँ हो तरु’ सोसाइटीका नवनिर्वाचित समितिसँगक प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, ‘अनि यसलाई देखाएर सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोज्नेरु’

 

उनले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानअधिकारप्रति प्रतिवद्ध रहेको बताउँदै त्यसमाथि शंका नगर्न आग्रह गरे। उनले वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा नहुने विश्वास दिलाएका थिए।

 

‘नेकपा लोकतन्त्रको जन्मदाता हो। यो पार्टीको सरकार भएका बेला लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘यो कुरा मिडियाले पनि बुझन् पर्दछ।’

 

जनतालाई सजग बनाउन मिडियाको ठूलो भूमिका हुने भन्दै उनले दायित्वबोध गरेर कलम चलाउन समेत उनले आग्रह गरे। ‘अहिले लेखिएका कुरा २० वर्षपछि हेर्दा पनि सत्य र सान्दर्भिक हुनुपर्छ’, उनले भने।

 

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...