राष्ट्रिय अनुसन्धान विभागका १५ डिएसपी र २७ इन्सपेक्टरको बढुवा को-को परे नामसहित



हाम्रो इकोनोमि

 

राष्ट्रिय अनुसन्धान विभागका १८ प्रमुख अनुसन्धान अधिकृत९डिएसपी०को उप अनुसन्धान अधिकृत (एसपी)मा तथा २७ जना अनुसन्धान अधिकृत(इन्सपेक्टर)को प्रमुख अनुसन्धान अधिकृत (डिएसपी)मा बढुवा भएको छ।

 

शुक्रबार बेलुका गृह मन्त्रालयले बढुवाको निर्णय गरेको हो।

 

बढुवाका आकांक्षीहरुबीचकै विवादका कारण करिब ती महिनासम्म बढुवा रोकिएको थियो।

 

बढुवामा चरम राजनीतिका दबाब र चलखेल हुँदा केही राम्रा अधिकृतहरु बढुवामा छुटेका छन्। विवादकै कारण बेलुका अबेर निर्णय गरेको हो।

 

एसपीमा बढुवा हुनेहरुमा मुकुन्दराज श्रेष्ठ, नवीनप्रसाद भट्टराई, टेकराज तिमल्सिना, तुलसीराम प्रसाई, सुरेन्द्र कोइराला, रमेशसिंह डाँगा, वीेरेन्द्रसिंह कार्की, नगेन्द्रराज गिरी, शेरजंगबहादुर चन्द, अभिनयकुमार मिश्र, तिलक शर्मा प्रसाई, विमल घिमिरे, गोपाल पन्थी, कमल भट्टराई र कुलबहादुर खड्का उप अनुसन्धान निर्देशनकमा बढुवा भएका हुन्।

 

बढुवा भएका धेरैको पदस्थापन समेत भइसकेको गृह मन्त्रालय स्रोत बताउँछ।

 

विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत लगेर प्रभावकारी बनाउने निर्णय भएपनि हालसम्म कार्यान्वायन भइसकेको छैन।

 

सिष्टमको अभाव तथा चरम राजनीतिक हस्तक्षेपका कारण देशको प्रमुख गुप्तचर निकाय प्रभावकारी बन्न सकेको छैन।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...