दुई सय रोपनी गाँजा फडानी



हाम्रो इकोनोमि

अवैध लागूऔषध बनाउन प्रयोग गरेको भन्दै प्रहरीले ताराखोला गाउँपालिका–४ र ५ मा लगाइएको गाँजा (लेकाली भाँगो) फडानी गरेको छ । इलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरी टोलीले शनिबार नागी, औलासी, ठूलो हिले, सीप, भिरकुनालगायतको करीब दुई सय रोपनी क्षेत्रफलमा लगाइएको भाँगोका बोट नष्ट गरेको हो ।

वडा नं १, २ र ३ मा पनि गाँजा फडानी गरिने कार्यालयका प्रहरी नायव निरीक्षक सानुकाजी विष्टले जानकारी दिनुभयो । “बाँकी ठाउँको गाँजाखेती आइतबार र सोमबार नष्ट गर्ने तयारी छ,” उहाँले भन्नुभयो । व्यावसायिक भाँगो खेतीको नाममा गाँजा बनाउन प्रयोग गरेपछि फडानी गर्नुपरेको प्रहरीले जनाएको छ ।
वर्षेनी फडानी गर्दा र सचेतना दिँदा पनि स्थानीयवासीले गाँजा बनाउने उद्देश्यका लागि ठूलो मात्रामा भाँगो खेती गर्न छाडेका छैनन् । कतिपय ठाउँमा अझै प्रहरी प्रशासन पुग्न सकेको छैन । जिल्लाको विशेषगरी पश्चिम क्षेत्रमा गाँजाको अवैध उत्पादन, बेचबिखन र ओसारपसार हुने गरेको छ ।

यता, गाँजा या भाँगो जे भनिए पनि अवैध लागूऔषध बनाउन प्रयोग गरिएकाले कानूनविपरीत भएको प्रहरीको दाबी छ । भाँगोकै फल र बोटबाट निस्कने चोप र अन्य पदार्थबाट गाँजा, चरेसजस्ता लागूऔषध बनाउने गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
पहिलो त्रैमासमा नबिल बैंकको नाफा सबैभन्दा बढी

  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नबिल बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा...

आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...