विवादित ‘शंकराचार्य’ गिरीलाई पशुपति कार्याक्रम गर्न रोक



हाम्रो इकोनोमि

 

विवादास्पद ‘शंकराचार्य’ हेमानन्द गिरीको पदवी -अभिशेक) ग्रहण कार्यक्रम रोकिएको छ ।

 

अखिल भारत विद्धता परिषद्ले आफूलाई पशुपति मठको शंकरचार्य घोषणा गरेको गिरीको दाबी छ । उनले ८ भदौमा पशुपतिनाथ मन्दिर परिसरमा पदवी ग्रहण कार्यक्रम राखेकी थिइन् । तर, उनलाई सुमार्गी भवन उपलब्ध नगराइने भएको छ ।

 

केही गलत मानसिकता भएका कथा वाचकहरुले गलत प्रचार गरेर आफ्नो बदनाम गर्न खोजेको गिरीको आरोप छ । ‘मेरो बारेमा गलत प्रचार गरेर सरकारलाई भम्रमा पार्न खोजियो’ उनले भनेकी छन्, ‘गलत सूचना र भम्रलाई सरकारले पनि पत्यायो र मेरो चाहनालाई प्रभावित गर्ने कार्य गरको छ ।’

 

आफूले राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने प्रयास गरे पनि सम्भव नभएको उनले बताइन् । उनले थपिन्, ‘पर्यटनमन्त्रीलाई भेटेर आफ्ना कुराहरु राखंे । उहाँले पनि प्रम्ााणपत्र माग्नुभयो तर कुनै जवाफ दिनुभएन, पशुपतिनाथको परिसरमा भदौ ८ गते सुमार्गी भवन भाडामा लिएर कार्यक्रम गर्नुपर्छ भन्नेमा पुगियो तर, त्यसलाई पनि प्रभावित पार्ने काम भयो ।’

 

पशुपति विकास कोषले सुमार्गी भवनको ठेक्का लिएकाहरुलाई बोलाएर त्यो भवन हेमानन्दलाई नदिनू भनेर धम्क्याएको उनको दाबी छ । शनिबार पत्रकार सम्मेलन गरेर उनले थपिन्, ‘हामीले तयारी गरेको कार्यक्रमको स्थान परिवर्तन गरेका छौं । अब हाम्रो कार्यक्रम डोलेश्वर महादेव मन्दिर भक्तपुरमा हुनेछ । भारत, बंगलादेश, थाईल्याण्ड, युरोपका विशिष्ट व्यक्तिहरुको आगमन हुनेछ ।’

 

पशुपति क्षेत्र विकास कोषले भने हेमानन्द गिरीलाई शंकराचार्य पदवी दिएको र पशुपतिमा कार्यक्रम गर्न कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...