सरकारको निर्णय विरुद्ध उत्रिदैँ यी १४ मजदूर संगठनले गरे यस्तो आन्दोनलको घोषणा, सरकारमाथि देखियो यस्तो खतरा



हाम्रो इकोनोमि

 

सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमले आफूहरुको श्रमको अपमान गरेको भन्दै केही  मजदूर संगठनहरुले त्यसकाे विराेध जनाएका छन्। नेपाल कम्युनिष्ट पार्टी निकटसहित १४ मजदूर संगठनहरुले  एकै साथ विराेध जनाउँदै नयाँ आन्दोनलका कार्यक्रम घोषणा गरेका छन् ।
संयुक्त ट्रेड युनियन संघर्ष समितिले आधारभूत पारिश्रमिक २२ हजार तोक्न माग पनि गरेका छन् ।

 

शुक्रबार काठमाडौमा संयुक्त पत्रकार सम्मेलन गर्दै मजदूर संगठनहरुले साउन १५ गतेको निर्णय खारेज गर्नुपर्ने आफ्नो मागलाई सरकारले बेवास्ता गरेको गुनासो गरे । उनीहरुले सरकारले आफ्ना मागप्रति वेवास्ता गरेकाले संघर्षका नयाँ कार्यक्रम घोषणा गरेको बताए ।

 

यसअघि सरकारले मजदूरहरुको न्यूनतम पारिश्रमिक १३ हजार ४५ रुपैयाँ तोकेको थियो । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा आन्दोलनमा राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघका महासचिव रामेश्वर श्रेष्ठ, स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका महासचिव खगेन्द्र प्याकुरेल, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष चिरागमानसिंह कुँवर, राष्ट्रिय (हाल समाजवादी) लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्रका अध्यक्ष नवराज दहाल,।मधेसी ट्रेड युनियन महासंघका अध्यक्ष पल्टन ठाकुर, नेपाल ट्रेड युनियन महासंघ स्वतन्त्रका अध्यक्ष इन्द्रदेव मिश्रको हस्ताक्षर छ ।

 

त्यस्तै, राष्ट्रिय कर्मचारी महासंघ नेपाल, अध्यक्ष गोपालसिंह धामी, नेपाल समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष लालध्वज नेम्वाङ, नेपाल ट्रेड युनियन फेडरेशन, अध्यक्ष मधु बिसी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष ईश्वर तिमिल्सेना, प्रगतिशिल नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरी, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष नारायण सापकोटा, क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष राजन तिमिल्सेना र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष अमर झाक्रीले पनि हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...