जनताकर्मीमाथि दुर्व्यवहार, क्यामरा फाेडियाे



हाम्रो इकोनोमि

 

वैदेशिक रोजगारको काम कारवाहि बारे बुझ्न र समाचार संकलन गर्न शुक्रवार दिउँसो साढे ३ बजे बाँसवारीको तिनजुरे इम्प्लोइमेन्ट सर्विस प्रालिमा पुग्यौ ।

 

त्यहाँको केही दृष्यहरु क्यामारामा कैद गर्न थाल्यौ । हामी त्यहाँ पुग्दा त्यहाको वतावरण सामान्य थियो । तर कार्यालयमा भएका केही व्यक्ति र आसपासमा भएका केही व्यक्तिको नजर मात्र हामीमा थियो । हामीले कार्यालयको दृष्यहरु क्यामेरामा कैद गरेपछि त्यहाँका कार्यालय प्रमुख सँग केही कुराकानी ग¥यौ र क्यामेरामा पनि कैद ग¥यौ । त्यतिवेलासम्म हामी सुरक्षित थियौ ।

तर जब हामी आफुलाई चाहिने केही कागजी प्रमाणहरुको दृष्य कैद थाल्यौ । त्यहाँ उपस्थित एक जना युवकले हामी सँग किन के गरेको भन्दै अपशव्द बोल्न थाले ।

 

हामीले उनलाई सम्झाउने निकै प्रयास ग¥यौ तर उनले मानेनन् । झन हामीलाई धम्की दिन थाले । र मिडियाहरु इस्ता–उस्ता भन्दै मजाग उडाउन थाले । हामीले उनीहरुलाई सम्झायौ र त्यँहाबाट बाहिह निस्क्यौ । तर ती व्यक्तिले हाम्रो मोटरसाइकल अगाडी आफ्नो मोटरसाइकल अड्याएर हामिमाथि प्रहार गर्ने शैलीमा प्रस्तुत भए । र तथानाम गाली गलौच गर्न थाले ।

 

त्यस्तो नभन्नुस दाई भन्दा तिमिहरुलाई केश गर्छु भन्दै अर्का एकजना युवकले हाम्रो क्यामेरा माथि आक्रमण गरे र क्यामेरा फुटाइदियो । हामी त्यहाँको वातावरण ठिक नभएको महसुस गर्दै कार्यालय तर्फ लाग्यौ । एक म्यानपावर व्यावसायीले खेताला लगाएर जसरी हामीमाथि प्रहार गरे त्यसको परिणाम राम्रो नहुने भन्दै हामी बाहिरिएका थियौ । लाग्थ्यो, अझै यो समाजमा यस्ता तत्वहरु छन् जसले दलाली गर्छन् र उल्टै पीडितमाथि प्रहार गर्छन् ।

 

परिवारसँग छुटिएर, लाखौको ऋण काढेर विदेशिने युवाहरुलाई यस्ता म्यानपावरले धम्कीका भरमा ठेगान लगाउने गरेका छन् । क्यामेराका अगाडि यस्तो अभ्रद व्वहार देखाउने ती युवाले पीडितलाई कस्तो हर्कत गरेका होलान्, यो छानबिन हुन जरुरी छ ।जनतासमाचारबाट

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...