रुपन्देहीमा दिनहुँ बढ्दै आत्महत्या, तीन दिनमा पाँच जनाको मृत्यु



हाम्रो इकोनोमि

 

रुपन्देहीमा आत्महत्याबाट ३ दिनमै पाँच जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थानका चार जनाले झुण्डिएर र एकजनाले विष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

 

आत्महत्या गर्ने सबै ३० वर्षमुनिका छन् । प्रहरीका अनुसार शुक्रबार मात्रै कञ्चन गाउँपालिका ४ सुनगाभा चोक बस्ने २० वर्षकी शर्मिला परियारको विष सेवनबाट मृत्यु भयो । विवाहित शर्मिलाको उपचारको क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्यु भएको हो । श्रीमानश्रीमतीबीच झगडा भएपछि विष सेवन गरेको पाइएको प्रहरीको भनाइ छ ।

 

यसअघि बिहीबार सियारी गाउँपालिका ३ का ३० वर्षका नरेश कुमालले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । बुधबार कञ्चन गाउपालिका १ कि २८ वर्षकी विष्णुमाया कुमालले घरमै झुण्डिएर आत्महतया गरेकी थिइन् ।

 

मंगलबार तिलोत्तमा १३ कि २७ वर्षकी गंगा कुमालले झुण्डिएर आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
बिहीबार नै सिद्धार्थनगर १३ मा हाटबजारमा रहेको छाप्रोमा एक जनाले झुण्डिएर आत्महत्या गरेका छन् ।

 

घरायसी झगडा,आर्थिक अवस्था अति कमजोर र प्रेम सम्बन्धमा खटपटका कारण आत्महत्याका घटना बढेको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...