रुपन्देहीमा दिनहुँ बढ्दै आत्महत्या, तीन दिनमा पाँच जनाको मृत्यु



हाम्रो इकोनोमि

 

रुपन्देहीमा आत्महत्याबाट ३ दिनमै पाँच जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थानका चार जनाले झुण्डिएर र एकजनाले विष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

 

आत्महत्या गर्ने सबै ३० वर्षमुनिका छन् । प्रहरीका अनुसार शुक्रबार मात्रै कञ्चन गाउँपालिका ४ सुनगाभा चोक बस्ने २० वर्षकी शर्मिला परियारको विष सेवनबाट मृत्यु भयो । विवाहित शर्मिलाको उपचारको क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्यु भएको हो । श्रीमानश्रीमतीबीच झगडा भएपछि विष सेवन गरेको पाइएको प्रहरीको भनाइ छ ।

 

यसअघि बिहीबार सियारी गाउँपालिका ३ का ३० वर्षका नरेश कुमालले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । बुधबार कञ्चन गाउपालिका १ कि २८ वर्षकी विष्णुमाया कुमालले घरमै झुण्डिएर आत्महतया गरेकी थिइन् ।

 

मंगलबार तिलोत्तमा १३ कि २७ वर्षकी गंगा कुमालले झुण्डिएर आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
बिहीबार नै सिद्धार्थनगर १३ मा हाटबजारमा रहेको छाप्रोमा एक जनाले झुण्डिएर आत्महत्या गरेका छन् ।

 

घरायसी झगडा,आर्थिक अवस्था अति कमजोर र प्रेम सम्बन्धमा खटपटका कारण आत्महत्याका घटना बढेको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...