५ करोड ८७ लाख ठगी गरेको आरोपमा ‘माई इन्भेष्टमेन्ट ग्रुप’का सञ्चालक गजमेर जेल चलान



हाम्रो इकोनोमि

 

पब्लिक कम्पनी खोलेर ठगी गरेको आरोपमा पक्राउ परेका ‘माई इन्भेष्टमेन्ट ग्रुप’का अध्यक्ष अनिल गजमेरलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंले गजमेरलाई सुन्धारास्थित केन्द्रिय कारागारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

 

काठमाडौंको बालुवाटारस्थित कालिका टावरमा ‘माई इन्भेष्टमेन्ट ग्रुप’ नामक कम्पनी सञ्चालन गरेका गजमेरविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले ५ करोड ८७ लाख बिगो दाबीसहित मुद्धा दर्ता गरेको थियो । अदालतको आदेशअनुसार गजमेरलाई थुनामा पठाइएको महानरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) मोहन थापाले जानकारी दिएका छन् ।

 

करोडौं ठगेको उजुरी परेपछि काठमाडौं प्रहरीले असार २६ गते उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । गजमेरबिरुद्ध २५ लाख ५२ हजारको बैंकिङ कसुर मुद्धामा अर्को जाहेरी समेत परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...