राप्रपा अलग पहिचान बोकेको पार्टी हो अध्यक्ष थापा



हाम्रो इकोनोमि

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ ।

राप्रपा गण्डकी प्रदेश कार्यालयको आज पोखरामा शुभारम्भ गर्दै उहाँले आम नागरिक हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रका पक्षमा रहेको बताउनुभयो ।

राप्रपा नेपालको राजनीतिमा फरक विचार र अलग पहिचान बोकेको पार्टी भएको बताउँदै उहाँले पार्टीले राष्ट्रियता, प्रजातन्त्र, हिन्दूराष्ट्र र उदार अर्थनीति अघि सारेको उल्लेख गर्नुभयो ।

 

पार्टीको केन्द्रीय कार्य समितिले देशैभरि हिन्दूराष्ट्र पुनःस्थापना जागरण अभियान शुरु गरेको र त्यो अभियान प्रत्येक घरदैलोमा पु¥याएर जनताको मन जित्नुपर्नेमा उहाँको जोड छ । गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष हेमजंग गुरुङले प्रदेश कमिटीलाई सशक्त बनाउँदै प्रत्येक स्थानीय तह र टोलटोलमा हिन्दूराष्ट्र जागरण अभियान सञ्चालनमा ल्याइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...