सशस्त्र प्रहरीद्वारा भारत लाँदै गरेको डेढ क्विन्टर अवैध मरिच बरामद



 

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय महेन्द्रनगरको टोलीले अवैधरूपमा नेपालबाट भारत लैजाने क्रममा ठूलो परिमाणको कालो मरिच बरामद गरेको छ।

नेपालगन्जबाट अवैधरूपमा भारत निकासी गर्न लागिएको दुई क्विन्टल चालिस किलो मरिच सशस्त्र प्रहरीले जमुनहाबाट बरामद गरको हो।

 

ना २ स ७२६ नम्बरको अटोरिक्सामा मरिचको बोरा राखेर भारत लैजान लागेको सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर ३० गण बाँकेबाट खटिएको टोलीले दशगजा नजिकबाट उक्त मरिच बरामद गरेको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले जानकारी दिए।

 

सशस्त्र प्रहरी सहायक निरीक्षक शेरबहादुर बिसी नेतृत्वको टोलीले बरामद गरेको सामान एक लाख ५६ हजार रुपैयाँ बराबरको भएको उनले बताए। उनले मरिच बोक्न प्रयोग भएको एक लाख मूल्य पर्ने अटोरिक्सासमेत बरामद गरी आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको बताए।

यति ठूलो परिमाणमा कालो मरिच बरामद गरेको सम्भवतः यो पहिलो भएको उनले दावी गरे। चालु आर्थिक वर्ष ०७५र०७६ मा कुखुरा, लत्ताकपडा, मरिच गरी हालसम्म साढे तीन लाख मूल्य बराबरको अवैध सामान बरामद गरिसकेको सशस्त्र प्रहरी उपरीक्षक शाहले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न