युवा वडाअध्यक्षको विकास मोह



हाम्रो इकोनोमि

धनुषा, ढल्केवर । दिनहुँजसो जनताको घरदैलोमा भेटिन्छन् , मिथिला नगरपालिका वडा नम्वर ४ पुष्पवलपुरका वडाअध्यक्ष विष्णुहरी खदाल । ३५ सय मतदाता रहेको यस वडामा वडाअध्यक्ष खदालको सक्रियता बढ्नुको कारण हो जनताको सहज दैनिकी र विकास निर्माण ।
जनताको समस्या जनताकै घरमा गएर बुझ्ने यिनै वडाअध्यक्ष आज विहान उनकै वडाको सिरानमा पर्ने चौकी टोलमा भेटिए । करिव २०० घरधुरीलाई खानेपानी समस्याबाट छुट्कारा दिलाउन चौकी टोलमा बनिरहेको पानी ट्याकीं निरिक्षण गर्न उनि त्याहाँ पुगेका थिए । भन्दै थिए , यो खानेपानी ट्याकींको क्षमता पचास हजार लिटरको हो , यस ट्याकींको पानीले २०० घरधुरी लाभान्वित हुने छन् ।
यो खानेपानीको योजनाको निर्माण कार्य करिव अन्तिम चरणमा पुगेको छ । करिव ५० लाखको लगानीमा निर्माण भईरहेको यो योजना वडाअध्यक्ष खदालको महत्वकाक्षीं योजना हो । उसो त वडाको भित्रि गाउँमा रहेको रतनपुर गाउँमा पनि उनले वोरिगं धसाईरहेका छन् । यस वोरिगंले ७० घरधुरीलाई खानेपानीको सुविधा पुग्छ । पुष्पवलपुरमै उनले करिव ३ सय मिटर नाला पनि वनाएका छन् ।
सानी जेठी टोलमा १ किलो मिटर कच्चि सडक निर्माण गरेका वडाअध्यक्ष खदालले रतनपुर वजरगंवली मन्दिर पनि बनाएका छन् । विद्यालयहरुमा खेलकुद सामाग्री वितरण गरेका उनले विभिन्न शिपमुलक तालिमहरु पनि सञ्चालन गरे भने २४ घर परिवारलाई निशुल्क वाख्रा समेत वितरण गरेका छन् ।
विजयकुमार साह

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...