के पाक्दैछ सिंगापुरमा ?, प्रचण्ड, ज्ञानेन्द्र पछि देउवा पनि सिंगापुरमा



 

नेकपाका नेता प्रचण्ड करिब महिना दिनअघि सिंगापुरमा थिए। उनी आफ्नी पत्नी सीता विरामी भएको निहुँ पारेर त्यहाँ पुगेका थिए। हुन त सीता विरामी नै थिइनन् भनेर यहाँ प्रमाणित गर्ने आसय यस आलेखको होइन। उनको उपचार पनि त्यहाँ भएको थियो । तर प्रचण्डको काम भने उनको उपचार मात्र त्यहाँ थिएन । किनभने उनी १२ दिनभन्दा लामो समय त्यहाँ सीताकै उपचारका लागि बसेका थिएनन् ।

 

प्रचण्डले त्यहाँ दुई दिन त भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग बिताए। समाचार स्रोत भन्छ उनीहरुले सिंगापुरमा चार छाक खाना सँगै खाएका थिए । त्यस क्रममा भारतीय जनता पार्टीका अर्का एकजना वरिष्ठ नेता पनि थिए, जो आफै बिरामी भएर उपचारको लागि भन्दै त्यहाँ पुगेका थिए ।

 

प्रचण्ड सिंगापुरमै हुँदा केही पाक्न खोजेको थियो भन्ने अनुमान उनी नेपाल फर्किएको करिब २० दिनपछि खुलेको छ । उनले नेपाल आएपछि पुष्पलाल स्मृति प्रतिष्ठानमा केही बोले नत्र अहिलेको राजनीतिक विषयमा खासै धेरै बोलेका छैनन् । दिनमै तीन चारवटा कार्यक्रम भ्याउँने र बोल्दै हिँड्ने नेता अहिले किन मौन छन् भन्ने प्रश्न आजपनि काठमाडौँमा उठेकै छ । तर उनले चार दिन अघि पूर्वको एक सभामा यस्तो बोले कि त्यसले सिंगापुरमा केही भएको थियो भन्ने छनक दिएको छ ।

 

प्रचण्डले नेपालमा संघीय व्यवस्थालाई बाइसे चौबिसे राज्यजस्ता भए कतै यो असफल हुने त होइन भनेर सार्वजनिक टिप्पणी गरेका थिए । प्रचण्डजस्तो व्यक्तित्वले बोलेको यो कुराले धेरै ठूलो अर्थ राख्छ किनभने माओवादी आन्दोलनको विश्राम नै संघीयता र गणतन्त्रमा आएर भएको हो । सायद उनी र अजित डोबलबीच नेपालको संघीय व्यवस्था र हिन्दू अधिराज्यका बारेमा कुरा भएको अनुमान छ । यो अनुमान गर्ने नेपालका विश्लेषकहरुको संख्या पनि थोरै छैन ।

 

प्रचण्ड नेपाल फर्किएपछि सिंगापुरमा पूर्व राजा ज्ञानेन्द्र पुगेका छन् । सिंगापुर भ्रमण पछि उनी अहिले पनि सपरिवार थाइल्याण्डमा छन्। उनी त्यहाँ पुगेको पनि केही दिन पुगेको छ । समाचार स्रोतले राजा ज्ञानेन्द्रसँग भेट्नका लागि भारतीय जनता पार्टीका अर्का नेता तथा हिन्दू धार्मिक अभियन्ता सुव्रमण्यमं स्वामी पुगेका थिए । उनले सिंगापुरको एक होटलमा राजा ज्ञानेन्द्रसँग भेटवार्ता गरेका थिए । अति गोप्य बनाइएको सो भेटमा पनि नेपालमा हिन्दू अधिराज्यका बारेमा नै धेरै कुराकानी भएको थियो ।

 

त्यस कुराकानीको क्रममा भारतीय नेताले नेपालका प्रजातन्त्रवादी राजनीतिक शक्तिहरु एकै ठाउँमा आउन नसकेको किन होला भनी प्रश्न गरेका थिए । यस विषयमा आगामी दिनमा केही पहल लिनुपर्ने सुझाव पनि उनको थियो । नेपाललाई हिन्दू धार्मिक अधिराज्य बनाउन अबका दिनमा के कस्ता कार्यक्रमहरु नेपाल र भारतले गर्न सक्छ भन्ने विषयमा पनि त्यहाँ कुराकानी भएको स्रोतले बताएको छ ।

 

स्रोतका अनुसार त्यस कुराकानीका क्रममा यतिखेर नेपालमा धर्म प्रचारको होइन कि धर्म परिवर्तनको बलजफ्तीपुर्ण काम भएको, पैसा बाँडेर धर्म परिवर्तनको काम गराइएको र सरकारले यस्ता कामलाई रोक्ने नभएर झन प्रश्रय दिएको आसय राजा ज्ञानेन्द्रले राखेका थिए ।

 

त्यही सिंगापुरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा हिजो पुगेका छन् । हुनत उनी पनि उपचार गराउन नै गएका हुन् । नेपालमा प्रधानन्यायाधीश छान्नका लागि प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषदको बैठक बोलाएपछि नेता देउवा उपचारका लागि सिंगापुर पुगेका छन् ।

 

उनको कसैसँगको भेटघाटको बारेमा केही सूचना आएको त छैन तर पनि सिंगापुरमा महिना दिनयतादेखि जारी रहेका राजनीतिक घटनाक्रमहरुलाई गहिरोसँग  अध्ययन गर्नेहरुले भने देउवाको पनि त्यहाँ कोही उच्चस्तरिय भेटघाट हुनसक्ने अनुमान गरेका छन् ।

 

केही समययतादेखि नेपालमा कम्युनिष्ट सरकारको अलोकप्रियताका कारण प्रजातान्त्रिक शक्तिहरुबीचको एकीकरण र सहकार्यको विकल्प खोजिएको बेला भएका यी सिंगापुर बैठकहरुको परिणाम गएको जुन १२ मा अमेरिका र उत्तर कोरियाबीचको भेटपछिजस्तो अकल्पनीय नआउला भन्न पनि सकिन्न । त्यसैले पनि नेपाल र भारतको राजनीतिलाई भित्रैदेखि बुझेका विश्लेषकहरुले पनि यतिखेर राजधानीमा एउटा प्रश्न गरिरहेका छन्– के पाक्दैछ सिंगापुरमा ?

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न