राजपा नेतालाई प्रधानमन्त्री ओलीले भेट्न मानेनन्, देखियो ठुलै खतराको संकेत !



हाम्रो इकोनोमि

 

सत्तारुढ दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न खोज्दा ब्यस्त रहेको भन्दै समय नदिएकोमा गुनासो गरेका छन्। विगतमा गरिएको ३ बुँदे सहमतिको कार्यान्वयनबारे जानकारी लिन अध्यक्षमण्डलका सबै सदस्यहरुले प्रधानमन्त्रीलाई सामूहिक भेटेर अल्टिमेटम दिन खोज्दा भेट्न समय नदिएकोमा अक्रोशित भएका छन्।

 

संविधान संशोधन लगायत सरकार गठन हुँदाको समयमा भएको ३ बुँदे सहमति कार्यान्वयनबारे जानकारी लिन राजपा नेताहरुले चासो देखाएपछि समय नपाएको अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले बताए ।

 

संविधान संशोधनलगायतका विषयमा ३ बुँदे सहमति गरेर राजपाले वर्तमान सरकारलाई सर्मथन गरेको थियो । सहमति कार्यान्वयन नभएको भन्दै गत बुधबार अध्यक्षमण्डलको वैठकले बिहीबार नै प्रधानमन्त्रीलाई भेटेर अल्टिमेटम नै दिने निर्णय गरेको थियो ।

 

संविधान संशोधन, मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा फिर्ता, रेशम चौधरीलाई सांसद पदको सपथ दिलाउने र मधेसको समग्र विकास निमार्णको खाकाबारे विगतमा सरकारसँग निर्णय भएको अध्यक्षमण्डलका संयोजक ठाकुरले बताए ।

 

राजपाका एक नेताका अनुसार सरकारले हामी सँग गरेको सहमतिलार्इ चाँडो भन्दा चाँडो निकास नदिए समर्थन फिर्ता लिने प्रबल सम्भावना रहेको बताए।
सहमति सुनवार्इ नभए समर्थन फिर्ता लिने पार्टीमा आन्तरिक छलफल समेत भइरहेको उनको भनार्इ छ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री विरुद्ध तरुण दलको पनि प्रदर्शन

  सदनमा प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई लिएर कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण...

विपक्षीको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित

    विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रधानमन्त्री...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

    नेकपा (एमाले) ले नेपालको सिमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्मा...

राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे भन्दै एमाले काठमाडौंको प्रदर्शन

  नेपालले थुप्रै ठाउँमा भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई...